उपत्यका लगायत देशभर बन्दको प्रभाव : ठाउँठाउँमा विस्फोट र आगजनी, सडकहरु सुनसान


काठमाडौं : आज नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । भोजपुरमा आफ्ना स्थानीय नेता तिर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको, पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएको भन्दै नेकपाले एक दिने बन्दको आह्वान गरेको हो ।

पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका थिए । बन्दका कारण देशभरको जनजिवन विहानैबाट प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी सधान मध्यरातिबाट चलेका छैनन् भने राजमार्ग तथा सडकहरु सुनसान छन् । बन्दको अवज्ञा गरेको भन्दै केही ठाउँमा तोडफोट र आजगनीका घटना भएका छन् ।

यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताहरुले देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका थिए । राजधानी काठमाडौं लगायतका देशको विभिन्न ठाउँहरुमा बम पनि भेटिएका थिए । काठमाडौँंमा भएका सुकेधारा, अनामनगर र चन्द्रागिरीमा भएका विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यी विस्फोट नेकपाको योजनामा भएका हुन् वा होइनन् कुनै प्रतिक्रिया आएको छैन ।

यसैबीच नेकपाका उपत्यका विशेष ब्यूरोले बन्दमा सबैक्षेत्रबाट सहयोग गर्न अपील गरेको छ । उसले बन्दको अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :