हत्याको विरोधमा नेकपाद्वारा दाङमा कोणसभा सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले भोजपुर जिल्ला सदस्य तिर्थराज घिमिरे ‘राजु’लाई प्रहरीले गोली हानी हत्या गरेको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । पार्टीको घोषित कार्यक्रमअनुसार शनिबार चौघेरामा हत्याको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको हो ।

घोराही उप–महानगर पालिकाका सेक्रेटरी जनकले नेकपा पार्टीलाई जबर्जस्त निस्तेज पार्ने, गिरफ्तार गर्ने, मार्ने, गोलीसम्म हान्ने, भट्काउने र जबर्जस्त रूपमा युद्धमा धकेल्ने कुचेष्ट गरेको बताए । हामीले युद्ध भनेका छैनौं, क्रान्ति भनेका छौ । उनले भने क्रान्ति भनेको परिवर्तन हो । हामीले परिवर्तनकोलागि क्रान्ति गर्ने भनेका छौं ।

देशमा अहिले भ्रष्टाचारी जनप्रतिनिधिहरुको बेथिति, विकृतिसँगै आफ्ना मान्छेलाई भर्ती गर्ने र कमिसन खुलाउने जस्ता तमाम काम राज्यले गरिरहेको र यस्ता कामको बिरोधसँगै परिवर्तन गर्ने, आमजनतालाई मुक्त गर्नुका साथै नेपाललाई समुन्नत बनाउने उद्देश्य रहेकोसमेते उनले बताए । तर, राज्यले आफ्नो लुटको स्वर्ग बचाई राख्नकोलागि हाम्रो आवज जबर्जस्त रूपमा बन्द गर्न खोजेको र यसको घोर बिरोध गर्दै आएको कुरा पनि उल्लेख गरे ।

कुनै पनि परिवर्तनको शक्ति र आवाजलाई राज्यले छेकेर छेकिदैन । यो राणाहरुको पालदेखि नै परिवर्तन शक्तिलाई रोक्न खोज्दा पनि जनयुद्धसम्म कसैले रोक्न सकेका थिएनन् । अब अहिले यो राज्यले पनि हाम्रो पार्टीलाई प्रतिबन्ध, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेर, मारेर, गोली हानेर हाम्रो एकीकृत जनक्रान्ति पनि नरोकिने र ढिलो चाँडो सत्यता तथा असल विचारको जित हासिल हुने पनि उनले बताएका छन् ।

२०७६ जेठ ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :