एकीकृत जनक्रान्तिको वास्तविकता

नेपाल सरकारले गठन गरेको थिङ्क ट्याङ्कका प्रमुख प्रा. चैतन्य मिश्रले २०७५ चैत २३ गतेको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित ‘विप्लवका सोच र व्यवहार’ शीर्षकको विचार अध्ययन गर्दा देहायका विषय सत्यताको नजिक छन् भन्ने विश्वास छ :

१. नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको पार्टीको नाम नेकपा–विप्लव नभई नेपाल कम्युनिस्ट पार्टी हो । यसले तथाकथित वैधानिक राज्यले चलाएको अराजकता, भ्रष्टाचार, लूटतन्त्र, जनघात, राष्ट्रघातजस्ता परिणाम दिइरहेकै दलाल संसदीय शासन प्रणालीको स्थानमा वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापना गर्न प्रयत्नशील छ ।

२. यो पार्टी चलायमान हुनुको कारण मालेमावादी वैज्ञानिक दृष्टिकोणका आधारमा नेपालको विशिष्टताअनुसार विकास गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशाले गर्दा नै हो । यसले जनतालाई मात्र नभई विश्वमा भइरहेको उत्तरसाम्राज्यवादी हैकम र देशभित्रको दलाल सामाजिक पुँजीवादी फासिवादलाई चुनौती दिएको छ । मालेमावाद मन्त्र वा रूढि नभई राजनीतिक–आर्थिक–सामाजिक समस्या समाधान गर्ने गतिशील विज्ञान हो । नवप्रवद्र्धन, उत्पादन, वितरण र न्यायिक समाज निर्माण गर्न विश्वव्यापी रूपमा मालेमावादले योगदान गरेको छ । सरकारले यस पार्टीलाई रूढिवादी बाटोमा नै जाओस् भनेर प्रतिबन्ध तथा अन्य दमनकारी व्यवदार देखाए पनि यसले देखाएको राजनीतिक सुझबुझ र देश र जनताप्रतिको जिम्मेवारीपूर्ण व्यवहार प्रशंसनीय हुनुको मुख्य कारण नै राजनीति र दर्शनको स्पष्टताले नै गर्दा हो । राजनीतिक छामछुमले यस्तो भावकारिता हुने थिएन ।

३. हाल चलिरहेको व्यवस्था पुँजीवादी नभई दलाल पुँजीवादी हो जसले उत्पादनमा प्रोत्साहन होइन, कमिसन र बिचौलिया व्यवहारमा जोड दिएको छ । समावेशी, मानवअधिकार, कानुनको शासन, स्वतन्त्रता किताबी जार्गन मात्र हुन्, जनताले महसुस गर्ने व्यवहार हुँदैहोइनन् । यसको प्रयोग एक प्रतिशत शासक वर्गका लागि राजकीय स्रोत बाँडफाँट गर्ने हतियार मात्र हो । यसले सीमान्तकृत श्रमिक जनसमुदायप्रति कुनै सम्बन्ध राखेको छैन । स्टालिनपछि साम्राज्यवाद र संशोधनवाद हुँदै दक्षिणपन्थी मार्गमा समाजवादी सत्ता हिँडेकाले सत्ता र नागरिकबीच मित्रतापूर्ण सम्बन्ध बन्न नसकेको र जनताको मतबेगर काम गरिएकाले सही नेतृत्वको विकास हुन नसकेको हो । जनता र देशको मतबेगर काम गर्दा के परिणाम हुन्छ भन्ने कुरा दुई तिहाइको भनिएको हालको सरकारको कामकारबाहीले नै प्रमाणित गर्छ ।

४. नेपाली सत्ताको चरित्र शाताब्दीऔँदेखि र विशेषगरी विगत सात दशकदेखि एउटै दोहनकारी प्रकृतिको छ । पार्टीले विश्व समाजवादी सत्तामा जनताको अपनत्व नभएको चुनाव नभएर हो भनेको छैन । बरु समाजवादीको हातबाट संशोधनवाद र दक्षिणपन्थीको हातमा सत्तापलट भएकाले गर्दा हो । नेपाली प्रतिक्रियावादी सत्ताको व्यवहार एउटै भएकाले त्यसका विरुद्धको राजनीतिक आन्दोलन पनि बल प्रयोगमार्पmत जनताको सत्ता स्थापना गर्नुपर्ने भएकाले जडताजस्तो लागेको होला तर वास्तवमा यसमा धेरै विकास भएको छ । पार्टीका हालका गतिविधिहरू, सोचाइ र व्यवहारमा कुनै विरोधाभास नभई जनता र देशलाई केन्द्रमा राखी ९९ प्रतिशत श्रमजीवी वर्गको सत्ता स्थापना गर्न पर्याप्त चौडाइ र गहिराइसाथ अगाडि बढिरहेको छ । देशभक्त, प्रगतिशील, वास्तविक प्रजातन्त्रवादी, समाजवादीलगायत श्रमजीवी र मध्यमवर्गसमेत मित्रशक्ति हुनु र परिवर्तनको वाहक बताइनुले विरोधाभासरहित तरिकाले चौडाइ र गहिराइ विस्तार हुँदै गएको प्रमाणित हुन्छ । देश र जनताका हितमा नभएका राजनीतिक खाका, रणनीतिक इतिहास र संरचनाले तोकेका सीमा र बन्धनलाई हामी परिवर्तन गर्न चाहन्छौँ । नेपाल र श्रमजीवी नेपाली जनतालाई बटमलाइन मानेर सबै खराब विषयलाई परिवर्तन गर्न पार्टी लगेको छ । यी दुईको हित साध्य हो भने अन्य राजनीतिक–आर्थिक र सामाजिक पक्ष साधन हुन् । साध्यलाई अर्जुनदृष्टिका साथ लिने पार्टीले अवलम्बन गर्ने मालेमावादी एकीकृत जनक्रान्तिको कार्यदिशा जड नभई वैज्ञानिक छ भन्ने प्रस्ट हुन्छ । विद्वान् मिश्रले एकीकृत जनक्रान्तिका कार्यक्रमलाई हतियाबन्द अर्थोपार्जन र आतङ्कको शृङ्खला भन्नुमा कि त उहाँको सरकारी पदवीले गर्दा हो वा राजनीतिक रूपमा बुझपचाएर हो । बल प्रयोगबिना प्रतिक्रियावादी सत्ता कहिल्यै ढल्दैन भन्ने विषय उहाँलाई जानकारी भए पनि ‘हप्ता उठाउने’ तहको विश्लेषण गर्नु वर्तमान सत्तासँगको परिणाम हुनुपर्छ । पार्टी वर्तमान संसदीय व्यवस्थामा आउने नभई वैज्ञानिक समाजवादमा नेपाल र नेपाली जनतालाई लैजाने अभियानमा छ । पूर्णतः राजनीतिक कार्यक्रमलाई आतङ्क–अर्थोपार्जन– विस्तारित हिंसा शृङ्खला, हतियारको सङ्कलन र सैनिकीकरणको विस्तारको दृष्टिले व्याख्या गर्नु गलत छ । यो राजनीतिक प्रणाली कायम रहेसम्म विकासको उत्पादन निरन्तर रहने, सुधार सतही र देखासिकी मात्र हुन्छ । जसले देश र जनताका पक्षमा नभई सीमित दलीय नेताहरूको हितमा मात्र काम गर्दछ । संसदीय व्यवस्थामा गहिरिँदै गएको सङ्कटको परिणामस्वरूप नै जनताले महसुस गर्ने स्वरमा परिवर्तन हुनसकेको छैन ।

६. वर्तमान संसदीय व्यवस्थाको राजनीतिक खाकाको सुधार र विस्तारको विशिष्टता भनेकै देश र जनताको हितबाहेक अन्य सबै काम गर्ने र दोहनलाई संस्थागत गर्ने नै हो । श्रमजीवी नेपाली जनताको चेतनाको बलमा दशकौँदेखि असफल प्रमाणित भएको यो व्यवस्थालाई ढाल्ने शक्तिलाई अन्तर्राष्ट्रिय जगत्ले स्वागत गर्नेछ । सार्वभौम राष्ट्र र जनताको निर्णयलाई अवरोध गर्ने दुस्साहस कसैले गर्ने छैनन् । वर्तमान पुँजीवादको सागर कति प्रदूषित, कमजोर र जनताबाट अस्वीकृत भएको छ भन्ने व्यावहारिक कुरा विद्वान् मिश्रलाई अवश्य ज्ञान छ । एउटा देशमा समाजवादी राज्यसत्ता स्थापित गर्न र टिकाउन जनता र जनताको सेनाले मात्र सम्भव छ । नेपालमा स्थापना हुने वैज्ञानिक समाजवादी सत्ताले मित्रराष्ट्र भारत र चीनबाट समर्थन प्राप्त गर्छ किनकि नेपालको वर्तमान संसदीय सत्ताको अस्थिर र मौकापरस्त वैदेशिक सम्बन्धले ती देशको चासो बढाएको हो । संसदीय व्यवस्थाले नेपालमा उत्पन्न गरेको अस्थिरताले ती देशमा असर गरिरहेको र समाजवादी सत्ताले आन्तरिक रूपमा स्थायित्व कायम गर्ने, विकास गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने र जनता केन्द्रित शासन व्यवस्था सञ्चालन हुने भएकाले छिमेकी तथा अन्तर्राष्ट्रिय समुदय निश्चिन्त हुने परिस्थिति बन्नेछ । नेपालको राजनीति, नेतृत्व र अर्थतन्त्र छिमेकी भारतपरस्त बन्दै जानुमा दसबर्से जनयुद्ध जिम्मेवार नभई दलाल पुँजीवाद, राष्ट्रघाती अर्थ राजनीतिक प्रणाली नवउदारणवादी नीति, सत्ताधारीमा रहेको स्टकहोम सिन्ड्रोमले गर्दा हो । विगतमा स्थापना भएका समाजवादी सत्ताहरू संशोधनवाद र प्रतिक्रियादको घेराबन्दीमा परेर अर्थ, राजनीति र उत्पादन व्यवस्था श्रमनीति जनता केन्द्रित नभएकाले असफल भएकाले नेपालका वैज्ञानिक समाजवादीले यसबाट सचेत ढङ्गले सिकेका छन् । माक्र्सवादी उत्पादन प्रणाली जव्बर छैन बरु यसले श्रम र पुँजीलाई न्याय गर्दछ भने नवप्रवर्तनसहित जैविक वातावरण संरक्षण गर्नुपर्ने मान्यता राख्छ । मुलुकपिच्छे आफ्नै उत्पादनप्रणाली हुनु राष्ट्र, जनता र अर्थतन्त्रको सार्वभौमिकता अनि राष्ट्रिय सुरक्षाको आधार हो जुन माक्र्सले जोड दिनुभएको थियो । पुँजीवादी विश्व व्यवस्था उत्पादन, न्याय, सार्वभौमिकताको सम्मान मात्र नभई व्यापार, बजारीकरण, कमिसन नाफा मात्र बिचौलियाकरणमार्पmत सबै साना अर्थतन्त्रलाई कर्पोरेटीकरणमार्फत परनिर्भर बनाई विश्वबजारीकरणका नाममा सधैँभरि दोहन गरिरहने हो । जुन दोहनमा नेपाली अर्थतन्त्रलाई पारिएको छ र यसलाई स्वाधीन अर्थतन्त्र हुन नदिई शताब्दीऔँदेखि लाहुरे अर्थतन्त्र बनाइएको छ ।

७. नेपालमा स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्था पुरानो समाजवादी वा नयाँ समाजवादी भन्ने होइन यो त वैज्ञानिक समाजवादी व्यवस्था हो । यसले शोषणरहित ढङ्गले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी आर्थिक स्वाधीनता र सार्वभौमिकतालाई कायम गरी आत्मनिर्भर बलियो जनअर्थतन्त्र विकास गर्दछ । यही आन्तरिक शक्तिका आधारमा अन्यसँग कारोबारमा भाग लिने, नाफा उत्पादक श्रम शक्तिलाई प्राथमिकतासहित अन्य उत्पादनका साधनलाई यथोचित प्रोत्साहन हुने गरी बाँडफाँट गर्दछ । रोजगारी पारदर्शी र नियमन गरिएका आर्थिक अङ्गहरूबाट प्रदान गरिन्छ । निजी लगानीकर्ता, उद्यमी, राष्ट्रिय पुँजीपति र स्वदेशी व्यवसायीलाई मूल्य सिर्जना ९ख्बगिभ अचभबतष्यल० मार्पmत उत्पादन, रोजगारी र आयआर्जन बढाउन न्यायोचित वातावरण र दोहनरहित आर्थिक नीतिमार्पmत दीर्घकालीन प्रोत्साहन र सुनिश्चितताको स्थिति बनाइन्छ । समाजवादी अर्थतन्त्रको केन्द्रमा श्रमजीवी जनसमुदायको संलग्नतामा बलियो अर्थतन्त्र र राष्ट्रको हितलाई राखिने भएकाले नाकाबन्दी युद्ध हुने स्थिति नै आउँदैन । माफियाकरण, दलाली, असमानता र व्यक्तिगत लाभका लागि स्रोतको दोहनलाई निषेध गरिन्छ । यी सबैमा राज्यको सशक्त अभिभावकीय भूमिका सधैँ रहनेछ ।

८. अन्त्यमा, वैज्ञानिक समाजवादले वर्तमान विश्व र नेपालमा हुँदै गरेका जनहितविरुद्धका गतिविधिको अन्त्य गर्दछ । हालको विश्वको अन्तरङ्ग सम्बन्ध अर्थतन्त्रको पिँधमा रहेका श्रमजीवी जनता, देशभक्त र पृथ्वीलाई माया गर्ने तरिकाले विकास गरिनेछ । दसबर्से जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीकरण र गणतन्त्रको वास्तविक कार्यान्वयन भएको छैन । अनुत्पादक, दोहनकारी प्रकृतिका कार्यकर्ताको व्यवस्थापन र महत्वाकाङ्क्षा सम्वोधन गर्न जनताको इच्छाविपरीत सङ्घीयता लागू गरिएको छ । समावेशीकरण लक्षित वर्गका लागि हुनुपर्नेमा नश्लीय रूपमा लागू गरिएको छ । संसदीय संविधानले सारमा जनताका पक्षमा काम गर्नै नसक्ने बेहोरा सात दशकदेखि नै प्रमाणित भएको छ । देश र जनतालाई केन्द्रमा राखेर गरिने वार्ता सदैव स्वागतयोग्य हो तर यो दलाल सामाजिक फासिवादी सरकार हिंसा र सैन्य बलको प्रयोगमार्पmत राजनीतिक अभियानलाई निषेध गर्ने र दलाल पुँजीवाद नै सबै चीज हो भन्ने भ्रममा रमाएकाले जनताले त्यसको प्रतिरोध गर्नु र वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिमा लाग्नु मिश्रजीजस्ता विद्वान्लाई समेत आह्वान गर्दछौँ ।

२०७६ जेठ ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्