नेकपाका रोल्पा इन्चार्ज रोका सहित ३ गिरफ्तार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’ सहित ३ जनालाई प्रहरीले लुङ्ग्री गाउँपालिका वडा नं. ५ पाङ ऐपेबाट  गिरफ्तार गरेको छ । बिहिबार दिउँसो साढे १ बजेतिर नेकपा रोल्पा जिल्ला इन्चार्ज थबाङ्ग घर भएका जयप्रकाश रोका ‘प्रताप’, नेकपा रोल्पा जिल्ला सदस्य धन बहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई एकै ठाउँबाट प्रहरीले गिरफ्तार गरेको नेकपा राप्ती ब्युरोले जनाएको छ ।नेकपाकाे राप्ती ब्युरोले विनाकारण प्रहरीले आफनो पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै तत्काल र विनाशर्त रिहाइ गर्न माग समेत गरेको छ ।  राप्ती ब्युरोका इन्चार्ज सुवासले गिरफ्तार गरिएका नेताकार्यकर्तालाई रिहाई नगरिए त्यसको परिणाम राम्रो नहुने र सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

२०७६ जेठ ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :