वेपत्ता योद्धाबारे विमर्श हुँदै

Bepatta-11

काठमाडौं/असार २, महान जनयुद्धको क्रममा वेपत्ता पारिएका नागरिकका आफन्तहरुको संगठन ‘वेपत्ता परिवार समाज’ ले ब्यापक अन्तरक्रिया गर्ने भएको छ । ‘वेपत्ता योद्धा नागरिकको सार्वजनिकीकरणको प्रश्न, शान्ति प्रक्रिाया र वर्तमान राजनीतिक परिस्थिति ’ विषयक सो अन्तरक्रिायात्मक गोष्ठि असार ३ गते रामशाहस्थित महान्यायाधिवक्ताको कार्यालय सभाकक्षमा हुनेछ । सो कार्यक्रम दमननाथ ढुङ्गाना, सुशिल प्याकुरेल, श्रीकृष्ण सुवेदी, सुदीप पाठक, सावित्रा एवं विभिन्न पार्टी प्रतिनिधीहरुले धारणा राख्ने छन् । कार्यक्रम मध्यन्न १२ बजे शुरु हुने आयोजक समितिका प्रमुख एकराज भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :