नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

राजनीतिक अर्थशास्त्र : वर्तमान आर्थिक प्रवृत्ति

अहिलेको विश्वका राजनीतिक–आर्थिक प्रवृत्तिहरूलाई कसरी बुझ्ने भन्ने विषयमा नेपालमा कुनै न कुनै प्रकारको बहस चल्दै आएको छ । केही मानिसहरू, खासगरी नेपालको बुर्जुवा वर्ग विश्वको एकाधिकार पुँजीवादबाट निगम पुँजीमा विकास भएको अवस्थालाई अन्तिम सत्यका रूपमा व्याख्या गरिरहेका हुन्छन् र उनीहरूले यसमा परिवर्तनको कुनै गुन्जायस देख्दैनन् । केही मानिसहरूको विचारमा नेपाललाई विश्वको त्यो विकसित स्थितिमा समावेश गर्न केवल पुँजीवादी समाजको नामकरण गर्नु पर्याप्त हुन्छ । यो निम्नबुर्जुवा वर्ग प्रगतिको बाधक प्रतिक्रियावादी वर्गसँग समन्वय गर्दै उसको आवश्यकता र बाध्यतामा ‘समाजवाद’ स्थापना गर्न चाहन्छ र देशमा समानता, समृद्धि र उन्नत सभ्यता स्थापित गर्न चाहन्छ । केही मानिसहरू उनीहरूको प्रतिक्रियावादी चरित्रअनुसार परिवर्तनको कुरा पनि सुन्न चाहँदैनन् । उनीहरू केवल नेपालमा आर्थिक विकासको एकोहोरो नारामा रमाइरहेका छन् । समय र परिस्थितिअनुसार बहसको तरङ्ग बदलिने गरेको छ । देशमा नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तन चाहने, क्रान्तिकारी रूपान्तरण चाहने तर त्यसका लागि आवश्यक पर्ने वर्गसङ्घर्षका क्षेत्रमा बहससमेत चलाउन पछि हट्ने निम्नबुर्जुवा पुँजीवादीहरूको एउटा जमातले हमेसा कुनै न कुनै तरिकाले परिवर्तन हुनुपर्ने मागलाई स्वीकार गरेको छ । तर त्यसप्रकारको समाज स्थापना गर्न त्यसको बाधक शक्ति प्रतिक्रियावादी सत्ताको उन्मूलन गर्ने वर्गसङ्घर्ष आवश्यक पर्ने सङ्घर्षलाई इन्कार गर्छ । यस्तो वर्गले समाजलाई लुटेरा वर्गको हातबाट परिवर्तन गरेर होइन, त्यसको नामकरण गरेर परिवर्तनको आभास दिन खोज्छ । नेपाली निम्नबुर्जुवाहरूले चलाइरहेको बहस ः नेपाल अहिले ‘पुँजीवादी’ देश हो कि ‘सामाजवादउन्मुख ?’ भन्ने त्यसैको परिणाम हो । नेपाली राजनीतिको एउटा बौद्धिक तप्का जसले केही समयपहिले नेपाल पुँजीवादी देश हो भनेर बहस गर्दै थियो, उनीहरूको अभिलाशा स्पष्ट देखिन्थ्यो, सामन्तवादी उत्पादन सम्बन्धमा रहेको देश नेपाललाई न्यूनतम् पुँजीवादसम्मको मान्यता दिन सकियो भने त्यसले उत्पादक शक्तिको विकास गर्न सक्थ्यो र त्यो उत्पादक शक्तिले समाजवादी क्रान्तिको ढोका खोल्न सक्थ्यो । यसप्रकारको निम्नबुर्जुवा रोमान्स रुझान वास्तवमा तिनै प्रबुद्ध बुर्जुवाहरूमा पैदा भएको पाइन्छ जसले मुखले र मनमा देशमा समाजवाद होस्, समस्त जनतामा समृद्धि आओस् र मानिसमाथि मानिसबाट हुने कुनै पनि प्रकारको अन्याय नहोस्, उत्पीडन र थिचोमिचो नहोस् तर व्यवहारमा उसले देशको दलाल पुँजीवादी प्रतिक्रियावादी सत्ताको पक्षपोषण गर्दछ र आफ्नै चाहनाका विरुद्ध कुठाराघात गर्दै आएको छ । नेपाली समाजको प्रतिक्रियावादी वर्गले विश्वको अहिले चलिरहेको पुँजीको साम्राज्यवादी राजनीतिक संरचनाभित्र आफ्नो जीविका सुनिश्चित गर्न चाहन्छ । त्यस्तै यो समाजमा र नेपाली राजनीति तथा आर्थिक प्रणालीको केन्द्रमा एउटा दलाल पुँजीवादी, सामन्तवादी प्रतिक्रियावादी वर्ग छ जसले देशमा हुने कुनै पनि प्रकारको परिवर्तनको नामसमेत सुन्न चाहँदैन ।

देशको परिस्थितिलाई ठीक किसिमले बुझ्ने प्रश्नमा देखिने विभाजित बौद्धिक जनमतले देशको क्रान्तिकारी आन्दोलनमा पनि विभाजन ल्याउनु अनिवार्य हुन्छ । क्रान्तिकारी आन्दोलनमा मात्र होइन, देशको समुच्च विकासमा नै यसले विभाजन पैदा गर्छ । वस्तुगत स्थितिको गलत बुझाइ र व्यवहारले समाजलाई मानिसको चाहनाविपरीत स्वतः गलत ठाउँमा पु¥याउँछ । यसको तथ्य हामीले इतिहासमा ‘माटो सुहाउँदो व्यवस्था’ को नारा दिँदै जडमतिवादी पञ्चायतले देशलाई कङ्गाल बनाएको देखेका थियौँ । साम्राज्यवादको आदेशमा चल्ने व्यवहारवादी संसदीय व्यवस्थाले देशलाई सम्पूर्ण रूपले पराधीन र अपाङ्ग बनाएको नेपाली जनताले भोगेका थिए । समाजका बारेमा चिन्ता गरे पनि देशको परिवर्तन र निर्माण गर्न निर्णायक भूमिका निर्वाह गर्ने बौद्धिक वर्ग परिस्थितिको बुझाइबाट अलगथलग हुनु र समाजको वास्तविक बुझाइप्रति मतभेद पैदा हुनुले देशको भविष्य अन्योलमा घुमिरहेको हुन्छ । जबसम्म परिस्थितिलाई ठीक किसिमले बुझ्न सकिँदैन तबसम्म त्यसलाई बदल्न पनि सकिँदैन ।

ठूलाठूला क्रान्तिकारी आन्दोलनको विकास भए पनि पूर्ण रूपमा राजनीतिक क्रान्ति सफल हुन नसक्नु देशको बौद्धिक समुदायमा देखिने मतभेदको परिणाम हो । बौद्धिक क्षेत्रमा हुने विचारको विभाजनले जनतालाई पनि विभाजित गरेको हुन्छ । यसको असर समग्र आन्दोलन र परिवर्तनमा परिरहेको हुन्छ । अहिलेको विश्वको आर्थिक प्रवृत्ति र त्यसले निर्धारण गरेको राजनीतिक परिवेशलाई ठीक किसिमले बुझ्नु, त्यो बुझाइमा समाजको निर्णायक समूह बौद्धिक वर्गलाई आकर्षित गर्नु र जनतालाई वैज्ञानिक बुझाइप्रति एकताबद्ध गर्नु नेपाली कम्युनिस्टहरूको दायित्व हुन आउँछ । अहिलेको विश्वको प्रवृत्ति र त्यसको नेपालमा पर्ने प्रभावका बारेमा यहाँ सङ्क्षिप्त चर्चा गरिनेछ ।

राजनीतिक र फौजी हिसाबले वर्तमान विश्व बहुध्रुवमा विभाजित हुँदै आएको भए पनि एकाधिकार पुँजीको निगम पुँजीमा भएको विकासले विश्वलाई एउटा मुठीभित्र ल्याइदिएको छ । ‘साम्राज्यवाद पुँजीवादको उच्चतम चरण’ मा लेनिनले साम्राज्यवादका विशेषताहरूका विषयमा निम्न ५ बुँदाहरू औँल्याउनुभएको थियो ः १) उत्पादन र पुँजीको केन्द्रीकरण सबैभन्दा उच्च स्तरमा विकास भएको छ जसले एकाधिकार पैदा गरेको छ र त्यसले आर्थिक जीवनमा निर्णायक भूमिका निर्वाह गरेको छ । २) बैङ्क पुँजीले औद्योगिक पुँजीलाई आफूभित्र गाभ्नु र त्यसबाट ‘वित्तीय पुँजी’ विकास हुनुले वित्तीय कुलीनहरू (ओलीगार्स पैदा भएका छन् । ३) पँुजीको निर्यातले वस्तुको निर्यातभन्दा फरक हुनुले भिन्न प्रकारको महइभ्व राख्छ । ४) अन्तर्र ाष्ट्रिय पँुजीवादी एकाधिकारवादीहरूको संयोजित रूप धारण गर्नुले विश्वलाई उनीहरूले आपसमा दामासाही गर्ने अवस्था आएको छ र ५) ठूला पँुजीपतिहरूको बीचमा विश्वको सम्पूर्ण भूभागको विभाजनले पूर्णता पाएको छ । त्यसको निष्कर्षमा उहाँले भन्नुभएको थियो, ‘यो पँुजीको चरित्र ‘केन्द्रीकृत’ छ, ‘एकाधिकार’ प्रकारको छ । यो ‘परजीवी’ छ जसको परिणाम यो मरणोन्मुख छ । लेनिनले साम्राज्यवादको परिभाषा दिँदै लेख्नुभयो, ‘साम्राज्यवाद विकासको यो चरणको पँुजीवाद हो जहाँ एकाधिकार तथा वित्तीय पँुजी आफैँमा स्थापित भैसकेको छ जहाँ पँुजीको निर्यातले अत्यन्त ठूलो महइभ्व राख्छ, जहाँ अन्तर्राष्ट्रिय ट्रस्टहरूका बीच विश्वको विभाजन सुरुआत भएको छ, जहाँ सम्पूर्ण पृथ्वीको विभाजन ठूला पँुजीपति शक्तिहरूका बीचमा विभाजित हुने प्रक्रियाले पूर्णता पाएको छ ।’ यसबाट प्रस्ट हुन्छ, साम्राज्यवादले एकातिर बैङ्क तथा औद्योगिक पँुजीको मिश्रण गरेर वित्तीय पँुजीको विकास ग¥यो, एकाधिकारवादी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू सङ्गठित ग¥यो, अर्कोतिर विश्वका जनताहरूलाई विभाजित ग¥यो र लुटका निम्ति एकाधिकार पँुजीपतिहरूको स्वार्थमा विश्वलाई विभाजन पनि ग¥यो । विश्वको विभाजनमा सबै साना तथा ठूला देशहरू साम्राज्यवादी लुटेराहरूको उत्पादित सामान महँगो मूल्यमा बिक्री गर्ने बजार तथा त्यसप्रकारको उत्पादनका लागि आवश्यक सस्तो मूल्यमा कच्चा पदार्थ र सस्तो मूल्यमा श्रम आपूर्ति गर्ने ठाउँ बनेका छन् । मध्यपूर्वका सबै सानाठूला देशहरू अमेरिकी बजार बनेका छन् । साउदी अरेबिया, टर्की, इजिप्ट, इराकलगायत ठूलो भूभाग र ठूलो जनसङ्ख्या भएका देशहरूसमेत अमेरिकी बजार र कच्चा पदार्थको स्रोत बनेका छन् । नेपाल पनि साम्राज्यवादी भारत, अमेरिका, जापानलगायत विभिन्न देशहरूले सस्तो मूल्यमा कच्चा पदार्थ दोहन गर्ने देश बनेको छ र सस्तो मूल्यमा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति– मजदुरहरू– को आपूर्ति गर्ने देश बनेको छ ।

२१ औँ शताब्दीमा यो प्रक्रिया अझ घनीभूत रूपमा देखापर्छ । १९ औँ शताब्दीमा जतिबेला माक्र्सले पँुजी लेख्दै हुनुहुन्थ्यो, त्यो समयमा प्रतिस्पर्धात्मक पँुजीको विकास भैरहेको थियो । माक्र्स त्यो समयमा पँुजीवादको सैद्धान्तिक तथा ऐतिहासिक विश्लेषण गर्दै के निष्कर्षमा पुग्नुभएको थियो भने पँुजीको चरित्रका कारण पँुजीवादको स्वतन्त्र प्रतिस्पर्धाले पँुजीको केन्द्रीकरणलाई जन्म दिनेछ । त्यही बेलाका अर्थशास्त्रीहरूले माक्र्सको विरोध गरेका थिए तर यो तथ्य २० औँ शताब्दीमा प्रमाणित हुन पुग्यो । २० औँ शताब्दीमा जतिबेला लेनिनले साम्राज्यवाद पँुजीवादको उच्चतम् चरण लेख्दै हुनुहुन्थ्यो, त्यो समयमा प्रतिस्पर्धात्मक पँुजी एकाधिकार पँुजीमा विकास भैसकेको थियो । अहिले २१ औँ शताब्दीमा त्यो एकाधिकार पँुजी निगम पँुजीमा विकास भएको देखापर्छ । १९ औँ शताब्दीको पँुजी निक्षेपको प्रतिस्पर्धाले २० औँ शताब्दीमा पँुजीमाथिको एकाधिकारपूर्ण नियन्त्रणमा पु¥यायो । एकाधिकारवादी पँुजीे नियन्त्रणको प्रतिस्पर्धाले २१ औँ शताब्दीमा निगमकारी एकाधिकारमा पु¥यायो र विश्वभरको पँुजीमाथि मुठीभर पँुजीपतिहरूको एकाधिकार कायम ग¥यो । १९ आँै शताब्दीमा पँुजीको नियन्त्रण गर्ने युरोप र अमेरिकामा औद्योगिक पँुजीसँग सम्मिश्रण गरेका केही ठूला बैङ्कहरू, केही कर्टेल्स र सिन्डिकेटहरू थिए । दोस्रो विश्वयुद्धको समाप्तिपछि त्यसको केन्द्रीकरण नयाँ चरणमा पुग्यो । राजनीतिक रूपमा संयुक्त राष्ट्रसङ्घ एकातिर बन्यो भने व्यापारिक

रूपमा विभिन्न सङ्गठनहरूको उदय भयो । विश्व व्यापार सङ्गठन, विश्व खाद्य कार्यक्रम, विश्व बाल बचाउ सङ्गठन, विश्व मानवअधिकार सङ्गठनजस्ता व्यापारिक एवम् सामाजिकजस्ता देखिने सङ्गठनहरूको उदय भयो । यो वास्तवमा अरू केही थिएन, पहिले माक्र्सले र पछि लेनिनले विश्लेषण गर्नुभएजस्तै एकाधिकारवादी अन्तर्राष्ट्रिय कुलकहरूको पोल्टामा पँुजीको केन्द्रीकरण थियो ।

पँुजीको केन्द्रीकरणको प्रक्रियाले समयसमयमा आर्थिक मन्दी आउनु अनिवार्य हुन्थ्यो । आर्थिक मन्दीको तात्पर्य मुनाफाखोर पँुजीपतिहरूको उत्पादित सामान खपत नहुनु र सम्पत्तिको केन्द्रीकरणमा कमी आउनु हो । यो प्रक्रिया ठूलाठूला एकाधिकारवादी बैङ्कहरूमा देखापथ्र्यो किनभने पँुजीको केन्द्रीकरण अब ठूला उद्योगहरूमा होइन, ठूला बैङ्कहरूमा भैसकेको थियो । यो समस्या समाधान गर्न एकाधिकार पँुजीपतिहरूले एकातिर वित्तीय बजारमा सबै प्रकारका अवरोधहरू हटाउनुपथ्र्यो र अर्कोतिर उत्पादित सामानहरूको बेरोकटोक वितरण र पर्याप्त खपत हुने अवस्था सिर्जना गर्नुपथ्र्यो । एकाधिकारवादी पँुजीको साम्राज्यवादी संयन्त्र अझ नयाँ चरणमा विकास हुनुपथ्र्यो, त्यसको परिणाम २१ औँ शताब्दीमा निगम पँुजीको विकास हुन पुग्यो ।

निगम पँुजीको विकास वास्तवमा बीसौँ शताब्दीको अन्तिम दशकबाट सुरु हुन्छ । भूमण्डलीकरण, उदारीकरण र निजीकरणबाट सुरु भएको यो प्रक्रिया बीसौँ शताब्दीको अन्त्य खासगरी १९९४ मा जेनरल एग्रिमेन्ट फर ट्रेड एन्ड ट्यारिफ (ग्याट) सम्झौतामा पूर्णता प्राप्त ग¥यो । ग्याट सम्झौताले पँुजीको एकाधिकारलाई विश्वस्तरमा अझ खुला र फराकिलो बनायो । पँुजीको प्रवाहद्वारा कच्चा पदार्थ र श्रम शक्तिको प्रयोग तिनै देशहरूमा गर्न थालियो जहाँ ती प्राप्त हुन सक्छन् । साउदी अरेबिया, बहराइन, कतार, कुवेतजस्ता देशहरूमा तेल उत्पादन गर्ने कच्चा पदार्थको प्रयोग गर्न त्यही प्रशोधित मेसिनहरू जडान गरियो । बङ्गलादेशमा त्यहाँको सस्तो श्रमशक्ति शोषण गर्न गार्मेन्ट उद्योगहरू स्थापना गरियो । मलेसियामा त्यहाँको कच्चा पदार्थ दोहन गर्न उद्योगहरू स्थापना गरियो । कोरियाको कच्चा पदार्थको दोहन तथा उत्पादित सामान सहज रूपमा एसियाली बजारमा पु¥याउन उद्योगहरू खोलियो । भारतको कच्चापदार्थ र सस्तो श्रमको शोषण गर्न भारतमा एकाधिकारवादी पँुजीपतिहरूका अनेक उद्योगहरू स्थापित गरिए । तिनै देशहरूमा खोलिने उद्योगहरूले सामान पु¥याउँदा लाग्ने ढुवानी खर्च र सामानको प्रवेश गरेबापत लाग्ने करमा कमी आयो र पँुजीवादीहरूका लागि अतिरिक्त सम्पत्ति आर्जन गर्ने दायरा धेरै फराकिलो भयो । प्रविधिमा भएको अद्वितीय विकास, कृषि तथा औद्योगिक उत्पादनमा त्यसको प्रयोग, सस्तो ऊर्जा र सस्तो सामान उत्पादन, वस्तुको निर्यात तथा विश्वव्यापी बैङ्किङ कारोबार एवम् मौद्रिक विनिमयका लागि सफ्टवेयरको प्रयोगले पँुजीवादीहरूको सम्पत्तिको सुरक्षा र श्रमजीवीमाथि पँुजीपतिहरूको कठोर नियन्त्रणलाई सुनिश्चित ग¥यो । कमभन्दा कम लागतमा मानिसका लागि आवश्यक पर्ने महँगाभन्दा महँगा सामानहरूको उत्पादन नयाँ प्रविधिले उत्पादन गर्न थाल्यो । खुला प्रतिस्पर्धाका रूपमा सानो घेरामा १९ औँ शताब्दीमा उदाएको पँुजीवाद विश्वलाई नियन्त्रण गर्ने फैलावटसँगै २० औँ शताब्दीमा एकाधिकारमा विकास भयो र पँुजीपति कुलीनहरूका लागि सम्पूर्ण सीमारेखाहरू मेट्दै २१ औँ शताब्दीमा निगम पँुजीमा विकास भयो जसले श्रमिक जनताको स्वतन्त्रता अझ साँघुरो बन्न पुग्यो । बीसौँ शताब्दीमा उद्योगसँग सहकार्य गरेको पँुजीले एक्काईसौँ शताब्दीमा उद्योगहरूलाई पनि निल्न पुग्यो । देश र राष्ट्रहरूको स्वाधीनतामाथि पँुजीपतिको नियन्त्रण कायम भयो । निगम नियन्त्रित वित्तीय पँुजी एक्काईसाँै शताब्दीका उत्पादकहरूको जीवनमा निर्णायक प्रभाव पार्ने मूल प्रवृत्ति बन्यो ।

विश्वको यो परिवेशबाट के तथ्यहरू देखा पर्छन् भने २० औँ शताब्दीमा विभाजित विश्व २१ औँ शताब्दीमा निगम पँुजीको नियन्त्रणमा एकत्रित भयो । अमेरिका, चीन, बेलायत, युरोपेली युनियन, रुस, भारत, जापान, इन्डोनेसिया, दक्षिणअफिका, ब्राजिल, कोलम्बिया, मेक्सिको क्यानाडाजस्ता देशहरू सार्वभौमिकतामा छुट्टै देशहरू रहे पनि निगम पँुजीको नियन्त्रणले उनीहरूलाई एउटैमा केन्द्रित ग¥यो । राजनीतिक मानचित्रमा एकातिर अमेरिका आर्थिक र फौजी महाशक्तिका रूपमा खडा देखापर्छ, अर्कोतिर चीन पनि त्यत्तिकै शक्तिशाली भएर खडा छ । अमेरिकी नेतृत्वमा युरोपेली युनियनभित्र रहेका देशहरूको गठबन्धन आर्थिक र सामरिक रूपमा साम्राज्यवादी देशहरूमा थिए र अहिले कतिपय नयाँ देशहरूसमेत आर्थिक साम्राज्य ओगट्ने नयाँ साम्राज्यवादी देशहरूको सूचीमा दर्ता हुन पुगे । तर निगम पँुजीका लागि सबै देशहरू अतिरिक्त पँुजी आर्जन गर्ने र संरक्षण गर्ने सुरक्षित स्वर्गजस्तै बने । पँुजीवादले सामन्तवादको अन्त्य गरी पँुजीवादी रूपान्तरण गर्ने क्रान्तिकारी चरित्र पँुजीवादको विकासको चरणमा देखाएको थियो । बेलायतमा पँुजीवादको विकाससँगै सामन्तवादी मूल्य र मान्यताहरू ध्वस्त भएका थिए । त्यो प्रक्रिया एसियामा जापान र पछि युरोपका शक्तिशाली देशहरूमा फैलिएको थियो । एकाधिकार पँुजीको विकाससँगै सामाजिक रूपान्तरणको प्रक्रियालाई निषेध गरियो । एकाधिकार पँुजीवादले सामन्तवादको संरक्षण गर्दै आफ्नो लूटको सुनिश्चितता मात्र ग¥यो । निगम पँुजीले विश्वका सबै प्रकारका प्रतिक्रियावादी प्रवृत्तिहरूलाई आफ्नो संरक्षणमा लिएको छ । सामन्तवाद, पँुजीवाद, दलाल पँुजीवाद, नश्लवाद, जातिवाद, धार्मिक कट्टरतावाद, संशोधनवाद, आत्मसमर्पणवादजस्ता बृहत् मानिसको जीवनका लागि परिवर्तनविरोधी शक्तिहरूको संरक्षण गरेको छ । वास्तवमा यो अवस्था उत्पन्न हुनुको कारण निगम पँुजीले उत्पन्न गरेको विश्वको एकीकृत प्रवृत्ति हो भन्ने देखिन्छ । निगम पँुजी अहिलेको विश्व व्यवस्थामा अनिवार्य र निर्णायक प्रवृत्ति बनेर रहेको छ ।

पँुजीको साम्राज्यवादमा विकासका सन्दर्भमा लेनिनले विश्लेषण गर्दै भन्नुभएको थियो, ‘हामीले भन्नुपर्छ– साम्राज्यवाद भनेको एकाधिकार पँुजीको चरण हो ।’ लेनिनले भन्नुभयो, ‘यो परिभाषाले वित्तीय पँुजी भनेको केही ठृला एकाधिकारवादी बैङ्कहरूको पँुजी हो जसले बैङ्कको एकाधिकारवादी पँुजीलाई संयोजित औद्योगिक पँुजीसँग एकाकार गरेको छ र अर्कोतिर औपनिवेशवादको निकासका रूपमा विश्वलाई विभाजित गरिएको छ जो पँुजीवादी शक्तिहरूले प्रयोग गरेका क्षेत्रलाई कुनै अबरोधबिना उपनिवेशको एकाधिकारवादी उपयोग गर्न विश्वलाई पूर्ण रूपले विभाजित गरिएको छ ।’

अहिलेको सन्दर्भमा हामीले साम्राज्यवादको सङ्क्षेपमा परिभाषा दिने हो भने भन्नुपर्छ– साम्राज्यवाद भनेको पँुजीवादको अतिकेन्द्रीकृत निगम पँुजीको चरण हो । पँुजीले साम्राज्यवादी निगम पँुजीको चरणमा पुग्दा यसले विश्वका सबै उद्योगहरूलाई बेरोकटोक आफ्नो पँुजीमा गाभेको छ । राजनीतिक र सामरिक हिसाबले विभाजित विश्वलाई वित्तीय पँुजीले एक ठाउँमा पु¥याएको छ र विश्वको मानवसंसाधनलाई पँुजीपतिको प्रयोगका लागि आफ्नो नियन्त्रणभित्र गाभेको छ ।

अहिले विश्वका अत्यन्त थोरै सङ्ख्यामा रहेका ठूला बैङ्कहरूले विश्वको सम्पूर्ण कुल जनसङ्ख्याको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी वित्तीय सङ्कलन गरेका तथ्यहरू देखापर्छन् । सन् २०१३ को तथ्याङ्कअनुसार विश्वमा केही ठूला बैङ्कहरू मात्र देखापर्छन् जसले विश्वको कुल गार्हस्थ उत्पादनभन्दा तीन गुणा बढी पँुजी केन्द्रित गरेका छन् जसमध्ये प्राइभेट पर्सन फन्ड जसको ३३ ट्रिलियन (अथवा ३३ खर्ब अमेरिकी डलरबराबर रहेको थियो, बिमा कम्पनीहरूको २५ ट्रिलियन, म्युच्युअल फन्डहरूको २६ ट्रिलीयन, सोभरिन वेल्थ फन्डहरूको ५.२ ट्रिलियन, हेज फन्ड ५.२ ट्रिलियन र वित्त बजार कोषको २.५ ट्रिलियन अमेरिकी डलरबराबरको सम्पत्ति केही अन्तर्राष्ट्रिय संस्थाहरूको नियन्त्रणमा रहेको थियो । सन् २०१३ मा विश्वका कुल वित्तीय संस्थाले निक्षेप गरेको पँुजी २२५ ट्रिलियन अमेरिकी डलरबराबर छ जसमा सानातिना वित्तीय संस्थाहरूको सम्पत्ति समावेश गरीएको छैन र यो विश्वको कुल गार्हस्थ उत्पादनको तीन गुणा बढी थियो ।

निगम पँुजी विश्वका जनताको विरोधी क्षेत्रमा अहिलेको मुख्य प्रवृत्ति हो । एकातिर लगानी पुँजी (अथवा फाइनान्स क्यापिटल) भनेको बैङ्क पँुजी हो जसले विश्वका ठूला उद्योगहरू, निर्माणकार्यहरू नियन्त्रण गरेको छ र ठूलो मात्रामा पँुजीको एकीकरण गरेको छ र अर्कोतिर लगानी पँुजीमार्फत विश्वको कुनाकुनासम्म प्रत्यक्ष रूपले, एकाधिकारवादी पँुजीपतिहरूको स्वार्थ र मुनाफाअनुसार हरेक देशहरूमा नियम र कानुनहरू निर्माण गरेर, हरेक देशहरूमा उनीहरूको स्वार्थलाई सुनिश्चित गर्ने शासकहरू तयार गरेर र त्यसप्रकारका शासकहरूको संरक्षण गर्ने सेना, प्रहरी, अदालत तयार गरेर र त्यसका लागि मनोविज्ञान, राजनीतिक वातावरण पैदा गर्ने सञ्चारमाध्यमहरूको विकास गरेर विश्वका जनतामा विभाजन र नियन्त्रण गरेको छ । विश्वको कुनै पनि यस्तो स्थान बाँकी रहेको छैन जहाँ कर्पोरेट पँुजी अथवा निगम पँुजी नपुगेको होस् । निगम पँुजीको एकाधिकार केवल औद्योगिक तथा वित्तीय पँुजीको नियन्त्रण र परिचालनमा मात्र सीमित छैन । यसले विकसित देशहरूका सरकारहरूलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ र विगतको वित्तीय पँुजीको अवस्थाभन्दा पछिल्लो निगम पँुजीको अवस्थामा राज्यलाई आर्थिक–राजनीतिक क्षेत्रमा समेत नियन्त्रण गरेको छ ।

वित्तीय कारोबार गरेर राज्यले देशको आर्थिक व्यवस्थापन गर्ने हो । निगम पँुजीले राज्यलाई दिने करमा समेत नियन्त्रण गरेको छ । पँुजीपति वर्गले बजारमा सामानको निर्यातमा तिर्ने राजस्व सामानको उत्पादन त्यही देशमा गर्न थालेपछि समाप्त भएको छ । एकातिर वित्तीय नियन्त्रणमा उद्योगहरू चल्ने र ती उद्योगहरू देशको उद्योगपति वा राज्यको सम्पत्तिभन्दा बाहिर एकाधिकारवादी पँुजीपतिहरूको हुने र अर्कोतिर मजदुरको पारिश्रमिक उद्योगहरूमा काम गर्नका लागि जीवित रहने हदसम्म मात्र रहने अवस्था निगम पँुजीले उत्पन्न ग¥यो जसको परिणाम देशहरू पराधीन हुने अवस्था पैदा भयो । निगम पँुजीले विकसित देशहरूमा समेत करको भार कम गरेको देखिन्छ र गरिब देशहरूमाथि उनीहरूको लुट विकसित देशहरूको भन्दा कैयौँ गुणा बढी भएको देखिन्छ । एकाधिकारवादी पँुजीपतिहरूले बीसौँ शताब्दीको अन्त्यतिर जति कर राज्यलाई दिने गरेका थिए, त्यो एक्काईसौँ शताब्दीमा कम गरेको देखापर्छ जुन कुरा तलको तथ्याङ्कबाट स्पष्ट हुन्छ :

यी तथ्याङ्कहरूले स्पष्ट गर्छन् लेनिनले व्याख्या गरेको पँुजीवादको अवस्था त्यही स्थानमा रहेको छैन र त्यसले पछि फर्कन नमिल्ने गरी गुणात्मक रूपले नयाँ चरणमा विकास गरेको छ । तर नेपालका कतिपय माक्र्सवादीहरू, माक्र्सवाद–लेनिनवाद–माओवादको खोल ओढेका काउत्स्कीवादीहरू पँुजीवादको नयाँ चरणमा विकास हुने कुरालाई इन्कार गर्छन् र उनीहरू लेनिनको विश्लेषणभन्दा अघि बढ्ने कुनैसँग पनि अधिकार नभएको धारणा व्यक्त गर्न पुग्छन् । काउत्स्कीले लेनिनका वैज्ञानिक विश्लेषणको प्रतिवाद गर्दै भने, ‘साम्राज्यवादलाई अर्थतन्त्रको ‘चरण’ वा अवस्थाका रूपमा हेर्नु हुँदैन, बरु एउटा नीतिका रूपमा, एउटा निश्चित नीतिका रूपमा जो वित्तीय पँुजीले ‘ अपनाएको’ हुन्छ । साम्राज्यवादलाई अहिलेको पँुजीवादसँग ‘बुझ्नु’ हुँदैन, साम्राज्यवादलाई ‘वर्तमान पँुजीवादको समग्र क्रियाकलाप’––कर्टेल्स, संरक्षण, लगानीकर्ताहरूको प्रभुत्व र उपनिवेशवादी नीति–– का रूपमा बुझ्ने हो भने साम्राज्यवाद भनेको पँुजीवादका लागि आवश्यक हो कि होइन भन्ने प्रश्न एउटा ‘खुला शब्दाडम्बर’ मात्र बन्न पुग्छ किनभने यो विषयमा साम्राज्यवाद पँुजीवादको अत्यन्त आवश्यक विषय हो । साम्राज्यवादी पँुजीले विकास गरेका प्रवृत्तिहरूलाई सबैभन्दा पछिल्लो, सबैभन्दा विकसित र अत्याधुनिक उत्तरसाम्राज्यवाद भन्यौँ ।

नेपालका केही रूढिवादग्रस्त समाजवादी बुद्धिजीवीहरूले उत्तरसाम्राज्यवाद भन्ने पदावलीको विरोध गरेका छन् र उनीहरूले काउत्स्कीले जस्तै पँुजीवादको नयाँ चरणमा हुने विकासको विरोध गरेका छन् । यसप्रकारका बुद्धिजीवीहरू जसले आफूलाई मालेमावादी भएको दाबी पनि गर्छन्, तर्क गर्छन्– उत्तरसाम्राज्यवादले साम्राज्यवाद समाप्त भएको निष्कर्ष निकाल्छ र साम्राज्यवादको अस्तिइभ्वलाई इन्कार गर्छ । परिणामस्वरूप उत्तर साम्राज्यवादले साम्राज्यवाद साम्राज्यवादको अगाडि प्रकारान्तरमा आत्मसमर्पण गर्छ र साम्राज्यवाद बिनाको विश्वको कल्पना गर्दछ । यसप्रकारका मानिसहरू जो प्रचण्ड र बाबुरामको धोखाधडीबाट अत्यन्त तिल्मिलाएका छन् जो हरेक विषय र घटनाक्रमहरूलाई विभेदरहित रूपमा एउटै आँखाले हेर्ने नकारात्मक प्रवृत्तिसहितको अराजकतावादी–आलोचनावादको दलदलमा डुबेका छन् र जसले समाजवादलाई अझ माथि उठाउन सम्बन्धित विषयको गम्भीरता र गहिराइलाई समात्न गरिनुपर्ने स्वस्थ प्रकारको आलोचना वा समालोचना गर्ने संस्कारको अन्त्येष्टि गरेका छन् । उनीहरूले पँुजीवादी साम्राज्यवादको भूमण्डलीकृत रूपमा केन्द्रीकृत भएको अर्को स्तरमा अति विकास भएको अहिलेको साम्राज्यवादको चरित्रलाई बुझ्न सक्दैनन् ।

साम्राज्यवादलाई बुझ्ने उनीहरूको वैचारिक धरातल पनि काउत्स्कीको वैचारिक धरातलभन्दा माथि हुन सक्दैन जसले यो तर्क गर्छन्– अहिलेको पँुजीलाई उत्तरसाम्राज्यवाद भन्ने हो भने साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अन्त्य भएको मान्नुपर्छ । यसले लेनिनवादको निषेध गर्छ र लेनिनवादको युगको सम्पूर्ण औचित्य समाप्त हुन्छ । नेपाली अर्थोडक्स माक्र्सवादीका यी तर्कहरू काउत्स्कीका ती तर्कहरूभन्दा कहीँकतै फरक देखिँदैनन्, बरु उनका तर्कसँग एकाकार भएर मिलान हुन पुग्छन् जहाँ साम्राज्यवादको व्याख्या काउत्स्कीले यसरी गरेका थिए, ‘साम्राज्यवाद औद्योगिक पँुजीको उन्नत विकासको उपज हो । यो हरेक पँुजीवादी राष्ट्रहरूको अस्तिइभ्वरक्षाको सङ्घर्षमा अन्तरनिहित रहेको हुन्छ, ठूलाभन्दा ठूला कृषि भूभागहरू (छड्के काउत्स्कीको लाई नियन्त्रण वा अधीनस्त गरेको हुन्छ, त्यो इलाकामा जोसुकै राष्ट्रियताको बसोबास भएको किन नहोस् ।’ (बाँकी अर्को अंकमा)

२०७६ वैशाख २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!