विप्लव मात्र यो देशका वैकल्पिक शक्ति हुन् – प्राध्यापक खरेल


काठमाडौं : प्राध्यापक तथा राजनीतिक विश्लेषक पी खरेलले देश ००७ सालपछि निकै सङ्कटपूर्ण अवस्थामा रहेकोे भन्दै देशलाई अब नयाँ नेतृत्व दिने शक्ति विप्लव मात्र खडा भएको बताएका छन् । देशमा संसदीय शक्तिहरू पूर्णतः असफल भइसकेको र यसअघिको राजावादी शक्ति तितरबितर भइरहेको बेला विप्लव नेकपा मात्र अहिले बलियो शक्तिका रूपमा देखापरेको प्राध्यापक खरेलको भनाइ छ । जनपाटी अनलाइन टीभीसँगको लामो कुराकानीमा प्राध्यापक खरेलले देशमा अहिले संसदीय शक्तिहरू जनमतको बलबाट सत्तामा पुगेर भ्रष्टतन्त्रलाई प्रोत्साहन दिइरहेको बेला विप्लव नेकपा एउटा वैकल्पिक शक्तिका रूपमा देखापरेको बताए । सत्तामा रहेको सरकारी नेकपाका नेताहरूले अहिले विदेशी शक्तिकेन्द्रको निर्देशनमा देशलाई डरलाग्दो खाडलतिर लगिरहेको बेला मुलुकलाई बचाउने जिम्मा विप्लव नेकपासहित राष्ट्रवादी शक्तिको काँधमा आएको उनले बताए ।

राष्ट्रवादी र देशभक्त शक्तिहरूलाई नेतृत्व गर्ने अहिले विप्लव नेकपा मात्र भएको भन्दै प्राध्यापक खरेलले मुलुकको विषम स्थितिमा विप्लव नेकपा र राष्ट्रवादी शक्तिहरू मिलेर जानुपर्ने बताए । प्राध्यापक तथा विश्लेषक खरेलले यही ०७६ सालभित्र ठूलो राजनीतिक उथलपुथल हुने विश्लेषणसमेत गरे ।

२०७६ वैशाख १९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :