विद्यार्थीले दिए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

 

काठमाडौँ : विप्लव नेतृत्वकाे नेकपा निकट अखिल (क्रान्तिकारी)ले विभिन्न मागहरू राख्दै शिक्षामन्त्रीलाई मङ्गलबार सिंहदरबारभित्रै ज्ञापनपत्र बुझाएको छ । ६ बुँदे ज्ञापनपत्रमा निजी शिक्षणसंस्थाहरूले देशव्यापी वृद्धि गरेको ४० प्रतिशतसम्म शुल्क फिर्ता लिन र शुल्कवृद्धि गर्नेहरूलाई कारबाही गर्न, सरकारी सामुदायिक विद्यालयहरूमा नेपाली र अब्ग्रेजी माध्यमबाट अध्यापन गर्ने नाउँमा लिइएको शुल्क तत्काल फिर्ता गरी निःशुल्क अध्ययन गर्ने वातावरण बनाउन, निजी तथा सामुदायिक विद्यालयहरूले कानुनको धज्जी उडाउँदै विद्यालयलाई व्यापारिक स्थलजस्तो बनाएर पुस्तक, टाई, बेल्ट, युनिफर्म बेच्ने गरेकाले यस्तो कार्य निरुत्साहित गर्न, विद्यालय शिक्षामा दिइने विभिन्न छात्रवृत्ति अक्षरशः लागू गर्न, नागरिक बडापत्र राख्न र विगतमा शिक्षा मन्त्रालय र विद्यार्थी सब्गठनबीच यसअघि भएको सहमति अक्षरशः लागू गर्न, संविधानमा मौलिक अधिकारका रूपमा राखिएको शिक्षालाईयावहारिक हिसाबले सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी कार्यान्वयन गर्न माग गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

 

२०७६ वैशाख १० गते मङ्गलबार प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :