झापाबाट नेकपाका दुई कार्यकर्ता गिरफ्तार


बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टी झापा जिल्लाको इलाका इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । झापा शिवसतासी नगरपालिका ११ घर भएका सौगात कटुवाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका ३ आँखा अस्पताल छेउबाट आइतबार बेलुका कटुवाललाई पक्राउ गरिएको बताइएको छ । कटुवालसँगै रहेका नेकपाका कार्यकर्ता अर्जुनधारा नगरपालिका ११ का अर्जुनकुमार चौहानलाई पनि प्रहरीले गिरफ्तार गरेकाे छ ।

नेकपाका नेता त्यस क्षेत्रमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट सादा पोशाकमा खटेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

२०७६ वैशाख १० गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :