इलाममा जनसत्ता घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टी


इलाम : दलाल फाँसीवादी सत्ताले प्रतिबन्ध लगाएको र त्यसको कडा प्रतिकार गर्ने उद्घोष गरेको नेकपाले गाउँ गाउँ जन सरकार घोषणा गरेको छ । इलामको फाकफोक थुम गाउँ पालिकामा गाउँ जनसरकार घोषणा गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता गाउँ पालिका सेक्रेटरी बिस्फोटले गर्नु भयो भने सञ्चालन होम किराँतीले गर्नुभएको थियो । उक्त भेलामा गाउँपालिकाका सबै वडादेखि जनताको उपस्थिति रहेको थियो भने बेलाले होम किराँतीलाई सत्ता प्रमुखमा निर्बाचित गर्दै सात सदस्य कमिटी निर्माण गरेको छ । मन्तव्य दिने क्रममा नब निर्बाचित सत्ता प्रमुखले गाउँ पालिकामा भ्रष्ट र घुसखोरी बाहेक कोही नभएको र अब त्यस्ता दलालहरुलाई प्रतिबन्ध लगाउँदै जनसत्ताले कार्बाही गर्ने बताउनु भयो । अब कुनै पनि हालतमा केपी–बादलहरुको नेपालमा रजाइ नचल्ने पनि बताउदै हामी इलामेली जनता एक भएको र अब कसैले पनि हामीलाई प्रतिबन्ध लगाएर केही नहुने बरु जनता र देशकोलागि रत्न बान्तावा जस्तै बलिदान दिन तयार भएको भन्दै जनतालाई कसिलो मुठी बनाएर प्रर्तिबाद गर्न अनुरोध गर्नु भयो । पार्टीका गाउँ सचिवले बिस्पोटले नायकहरु खलनायक हुँदै गएको बताउदै अब पोल्ठो बलेको छ यसले दलाललाई खरानी बनाउने बताउनु भयो भने इलाम इन्चार्जले सफलताको सुभकामना दिनुभयो । अब इलामेली जनता प्रतिबन्धको प्रतिकार गर्न सक्षम रहेको बताउनु भयो भने कार्यक्रम माङसेबुगको एक गाउँमा भएको थियो ।

२०७६ वैशाख ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :