जितगढी किल्लामा एक युवकद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा !

सुरक्षाकर्मी कहाँ गए ? झण्डा देखाइरहेको छ, के हेरिरहनु भएको तपाईहरुले ?


बुटवल : प्रधानमन्त्री ओलीलाई जीतगढीमा कालो झण्डा देखाइएको छ । जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेको बेला एक युवकले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा ति युवकले जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्, हाम्रो देश प्राणभन्दा प्यारो छ र ओली मूर्दावाद भन्दै नारा लगाएका थिए । कालो झण्डा देखाउने अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री जीतगढी किल्लाको विषयमा बोलिरहेका बेला घिमिरेले असन्तुष्ट हुँदै कालो झण्डा देखाएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनलाई रोकेर भने सुरक्षाकर्मी कहाँ गए ? झण्डा देखाइरहेको छ, के हेरिरहनु भएको तपाईहरुले ? घिमिरेले मञ्च नजिक पुगेर कालो झण्डा देखाउँदै नारा लगाएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए । नेपाली सेनासहित जनपथ र सशस्त्रले पाँच घेरामा प्रधानमन्त्रीको सुरक्षा दिइएको थियो भने सुरक्षा व्यवस्था सेनाले नै गरेको थियो ।

२०७६ वैशाख ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :