विप्लवद्वारा धन्यवाद तथा आभार व्यक्त


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले घोषणा गरेको आमहडतालसहितको नेपाल बन्द सफल पारेकोमा सम्बन्धित पक्षप्रति धन्यवाद तथा आभार व्यक्त गरे छन् । उनले वक्तव्यमा भनेका छन् “हाम्रो पार्टीले केपी ओली सरकारका पछिल्ला गतिविधि र मुख्यरुपमा स्थायी समिति सदस्य सुदर्शन, पीबीएम मोहन कार्की, केन्द्रीय सदस्य बसन्त श्रेष्ठ  तथा महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायतका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनतालाई गिरफ्तार गरी झुठा मुद्दा लगाउने, अप्रेशनका नाममा गाउँगाउँमा आतंक सिर्जना गर्ने, पार्टी तथा जनवर्गीय सङ्गठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने काम गरेपछि त्यसको प्रतिरोध स्वरुप आज आमहडतालसहितको नेपाल बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम सबै देशभक्त, जनवादी तथा आमजनताको सहयोग समर्थन र ऐक्यबद्धतामा सफल भएको छ । त्यसका लागि देशका सबै व्यावसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं ।”

साथै यो सरकार र वर्तमान सत्ताले नेपाली जनता र देशको रक्षा गर्न नसक्ने भएकाले आफ्नो पार्टीले अघि बढाएको सङ्घर्षमा लाग्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्“ देशको अवस्था दिनानुदिन बिग्रिदै गएको छ । यो सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको छ । त्यसैले देश र जनता असाध्यै जोखिममा पर्दै गएका छन् । जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ सङ्घर्षमा एक भएर लाग्न जरुरी भैसकेको छ । त्यसैले हाम्रो पार्टी जो निरन्तर आन्दोलनको नेतृत्व गर्दै आइरहेकोले उक्त आन्दोलनमा देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतान्त्रवादी लाग्न विशेष आग्रह गरिन्छ ।”  विज्ञप्तिकाे पूर्णपाठ…..

 

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :