नेकपाका बझाङ सेक्रेटरी मल्ल र जाजरकोटका इन्चार्ज क्षितिज गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका बझाङ जिल्लाका सचिव भरत मल्ललाई गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो ३ बजे बिथ्थडचिर गाउँपालिकाको स्याँडी प्रहरी चौकीबाट प्रहरीले मल्ललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताएका छन् । मल्ललाई सदरमुकाम चैनपुरतमा राखिएको छ । प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बिथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकी नजिकैबाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको हो । कैलालीबाट घर आउँदै गरेको भन्ने सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरेको डीएसपी केसीको भनाई छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इञ्चार्ज वीरबहादुर खड्का ‘क्षितिज’लाई पनि प्रहरीले गिरफ्तार गरेको छ । जाजरकोट सदरमुकाम खलंगाको थाप्लेमा रहेको उनकै घरबाट खड्कालाई बुधबार साँझ पक्राउ गरिएको हो । उनलाई बिनाकारण गिरफ्तार गरेको भन्दै नेकपाले विरोध गरेको छ ।

२०७५ चैत ३० गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :