नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित २ गिरफ्तार

काठमाडौं :   नेपाल कम्युनिस्ट पार्टीका नारायणी   ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ सहित २ जनालाई गिरफ्तार  गरेको छ । उनीहरुलाई  हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनबाट प्रहरीले बिहीबार राति गिरफ्तार गरेको  हो ।
 
सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको बुझिएको छ ।

यसअघि मकवानपुर प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।

यसैगरी नेकपाका नारायणी ब्युरो इन्चार्ज मिलनले आफ्ना जिल्ला  नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेकोप्रति  आपत्ति जनाएका छन् । गिरफ्तार परेका नेता ज्वालासहित कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गरिएको छ ।
 

२०७५ चैत २९ गते शुक्रबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :