गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेता गिरफ्तार

कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट गिरफ्तार गरेको छ ।  गिरफ्तार पर्नेहरुमा अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै नेतालाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखेको छ ।

२०७५ चैत २९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :