नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

अछाम जिल्लामा नेकपाका कार्यकर्ता गिरफ्तार

केपी–बादल गृह प्रशासनद्वारा नयाँ रणनीति


अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्लाका चौरपाटी गाउँपालिकाबाट चैत २१ गते दिपक परियारलाई केपी बादल प्रशासनले गिरफ्तार गरी शारिरिक तथा मानसिक चरम यातना दिएका छन् । चरम यातनाका कारण दिपकलाई उनकै मोबाइलबाट जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई जवरजस्ती फोन गराउँदै घरघरमा गएर छापा मारी गिरफ्तार गर्ने गरेको बताइएको छ । सोही क्रममा गैर न्यायीक ढंगले चैत २२ गते बेलुका दिपककै फोनबाट फोन गरी रामचन्द्र बुढा ‘आदर्श’लाई पनि गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । अहिले देशभरी पुलिस प्रशासनले फोन र सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने रणनीति आपनाइरहेको देखिन्छ ।

२०७५ चैत २३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!