बारा र पर्सामा भिषण हावाहुरी चल्दा ३५ जनाको मृत्यु, ५ सय बढी घाइते र उद्धारकार्य जारी


काठमाडौं : चैत १७ गते आईतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ३२ जनाको मृत्यु भएको छ भने, ५ सय भन्दा बढी घाइते भएको स्थानीय प्रशासनले बताएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् । प्रभावित जिल्लाहरूमा उद्धार कार्य जारी रहेकोे बताइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललेका अनुसार गम्भीर प्रकृतिका घाइतेहरुको संख्या धेरै पाइएकाले क्षतिको विवरण बढ्न सक्ने देखिन्छ ।

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले घाइतेहरूको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन् । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ । बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ ।

२०७५ चैत १८ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :