नेकपा कालीकोटका जनपरिषद् प्रमुख गिरफ्तार

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्का कालीकोट प्रमुख धनराज शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टी निकट भेरी–कर्णाली बुद्धिजीवी परिषद्का इन्चार्जसमेत रहेका शाहीलाई प्रहरीले सोमबार बिहान गिरफ्तार गरेको हो । बिहान ११ बजे शाहीलाई कालीकोटकै रातागामबाट गिरफ्तार गरेको जानकारी नेकपा कालीकोटले दिएको छ । शाही बसेको घरलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीले शाहीलाई मङ्गलबार अदालतमा पेस गर्ने तयारी गरेको छ ।

२०७५ चैत १२ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :