नेकपामा नेता सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गरायो, ८ दिनको म्याद थप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको हो ।

सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपाका केन्द्रीय सदस्य विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । सुदर्शनलाई अदालतमा उपस्थित गराएपछि आइतबार बिहानैबाट अदालत परिसरमा संचारकर्मीहरु जम्मा भएका थिए । तर प्रहरीले सुदर्शनलाई पत्रकारहरुसगँ कुरा गर्न दिएन । प्रहरीले उनीहरुलाई शनिबार बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा काभ्रे र ललितपुरको सिमामाबाट गिरफ्तार गरेको हो ।

२०७५ चैत १० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :