नेकपा माथि लगाइएको प्रतिबन्धको युरोपमा विरोध

युरोप : सरकारले नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्धको चौतर्फी विरोध र आलोचना भैरहेको बेला नेपाली जनप्रगतिशील मोर्चा युरोपले नेकपामाथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । मोर्चाको केन्द्रीय समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले राजनैतिक पार्टीलाई प्रतिबन्ध गरेर असली फाँसीवादी चरित्र उदांगो पारेको बताएको छ । देशै भरी प्रहरी अप्रेशन, दमन, धरपकड, यातना र गिरफ्तार गरी सरकारले ‘किलो सेरा टु’ को प्रतिछायामा युद्धको घोषणा गरेको बताएको छ । सरकार क्रान्तिकारी शक्तिलाई दबाउदै राज्यको कर छली र अपचलन गर्ने, कालोबजारी, मानव तस्कर, सिन्डिकेट माफियाको पक्षमा वकालत गरेको उसका गतिविधिले प्रमाणीत गरेका छन् विज्ञप्तिमा भनिएको छ । सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको नेकपामा माथिको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गर्दै गिरफ्तार गरिएका नेकपामा नेता कार्यकर्ता रिहा गरी स्वतन्त्र र खुलारुपमा राजनीतिक अधिकारको गृहकार्य गर्न पाउने बातावरण बनाउन आग्रह समेत गरेको छ । विगतमा दमनका विरुद्ध जनताले गरेको प्रतिरोधको रुपमा जनयुद्ध भएको इतिहास स्मरण गर्दै मोर्चाले दमनका विरुद्ध जनताले शसक्त प्रतिरोध गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

 

२०७५ चैत्र १ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :