काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गुल्मी सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले आइतबार गिरफ्तार गरेको छ । उनलाई बाटोमा हिड्दाहिड्दै गर्दा तम्घासबाट गिरफ्तार गरेकाे नेकपा गुल्मीले जनाएकाे छ ।
नेकपाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले आइतबारै प्रेस विज्ञप्ति प्रकाशित गर्दै खड्कालाई अपहरण शैलीमा बिनाकारण गिरफ्तार गरेकोप्रति आपत्ति जनाएका छन् । नेता सिंहले बिनासर्त तत्काल रिहाइको माग गरेका छन् । उनले आफ्नो पार्टीका सेक्रेटरी खड्कालाई रिहा नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।
२०७५ फागुन १९ गते आइतबार प्रकािशत
प्रतिक्रिया दिनुहोस्