सहिद परिवार कैलालीको अध्यक्षमा शोभा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट सहिद परिवार सङ्गठन नेपालले १७ सदस्यीय समिति गठन गरेको छ । कैलालीमा सम्पन्न भेलाले शोभा आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । उपाध्यक्षमा सरिता जैसी, सचिवमा गजेन्द्र बहादुर सिह, कोषाध्यक्ष धिरज चौधरी छन् ।

उक्त कार्यक्रममा नेकपा कैलाली इन्चार्ज विवेक कुमाल, जिल्ला सेक्रेटरि प्रकाश मल्ल लगायतको उपस्थिती रहेको छ । यसैबीच कैलालीमा सहिद सप्ताह कार्यक्रम जारी छ । अहिलेसम्म सो क्षेत्रका ७८ जना सहिद परिवारलाई सम्मान गरेको छ ।

२०७५ फागुन १६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :