नेकपा मेची ब्युरोको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता अमृत मगर, केबी लिम्बु , बाबा लिम्बु, विमल बस्नेत र विक्रम राईलाई गिरफ्तार गर्नुकासाथै पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनलाई समेत गिरफ्तार गर्नु खोजेकोप्रति मेची ब्युरोले आपत्ति जनाएको छ ।

उनीहरूलाई इलामको फाकफोकथुम गाउँपालिका १ आँमचोकबाट मङ्गलबार सहिद सप्ताहको पहिलो दिन सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता तथा घाइते योद्धा परिवारलाई अभिनन्दन कार्यक्रममा सहभागि भइरहेका बेला सहिद कै घरबाट गिरफ्तार गरिएको भन्दै नेकपा मेची ब्युरोले घोर भत्र्सना गरेको छ ।

ब्युरोका इन्चार्ज सुमनले मङ्गलबारै प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको निन्दा गरेका छन् । उनले गिरफ्तार गरिएका आफ्ना कार्यकर्ताहरुलाई तुरुन्त रिहा नगरे परिस्थिति गम्भीर बन्ने चेतावनी विज्ञप्तिमार्फत दिइएका छन् ।

२०७५ फागुन १५ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :