जनयुद्धका सहिद विमलको घर निर्माणमा जुट्दै नेकपा


कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सङ्गठन सुदृढ तथा विस्तार अभियान २ सँगसँगै सहिद परिवारको घरमा जनश्रमदान पनि गरिरहेको छ । यसैक्रममा जनयुद्धका सहिद विमलको घर निर्माणमा ने.क.पा. कालीकोटले सहयोग गरिरहेको छ । साबिकको स्युना गाविसमा रहेको सहिद विमलको घर निर्माणमा श्रमदान गरिरहेको जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिए ।


उनले नेता–कार्यकर्ताले हिउँको समेत परबाह नगरी तीन सातादेखि श्रमदान जानकारी दिए । सहिद विमलको परिवारको घर निर्माणका लागि जिल्ला सेक्रेटरी रणदीपको नेतृत्वमा ३३ जनाको टोली खटिएको छ ।

२०७५ फागुन ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :