पूर्णबहादुर सिंहलगायत चार नेताविरुद्ध मुद्दा दायर

अर्घाखाँची ः जिल्लाको छत्रदेव गाउँपालिकाबाट गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका चारजना नेताविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ ।  छत्रदेव गाउँपालिका वडा नम्बर ७ मडेलचौरबाट बुधबार गिरफ्तार नेकपाका चारजना नेताविरुद्ध प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लले छत्रदेव गाउँपालिका ७ मडेलचौरका भीमलाल पाण्डेलाई कुटपिट गर्ने नेकपाका गुल्मी जिल्ला इन्चार्ज तथा विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष पूर्णबहादुर सिंह, अर्घाखाँची जिल्ला जनपरिषद प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का र पार्टी सदस्य शिवलाल पुनविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको बताए ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :