जनगणतान्त्रिक ईन्जिनियर्स एसोसिएशनको प्रथम राष्ट्रिय भेला


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियरस एसोसियसनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौँमा शनिकार भएको भेलाले ईन्जिनियर सुरेश कुमार चौधरीलाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।

एसोसियसनको उपाध्यक्षमा रूपकदेव, महासचिवमा सुजन देव, सचिवमा सन्दीप पुरी र कोषाध्यमा सुमित गिरी चयन हुनुभएको छ ।

भेलाको प्रमुख अतिथि जवस प्रमुख जीवन्त र विशेष अतिथि कर्मचारी महासङ्घका अध्यक्ष टोपबहादुर बानिया रहेका थिए । भेलामा जनगणतान्त्रिक ईन्जिनियरस एसोसियसनका नवनिर्वाचित अध्यक्ष सुरेशकुमार चौधरीले सामान्य अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

२०७५ माघ १२ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :