युवा सङ्गठनले तस्करीका गोरु प्रहरीलाई बुझायो

             नेकपा निकट युवाहरूको सङ्गठन युवा सङ्गठन नेपालले अवैध रूपमा गोरु तस्करी गरिरहेको गाडी नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाएको छ । कपिलवस्तु जिल्लास्थित चन्द्रौटादेखि १० किमि पश्चिम क्षेत्रमा रहेको बनकसाको जङ्गलमा पश्चिम बाँकेदेखि ल्याउँदै गरिएका ८ वटा ट्रक नियन्त्रणमा लिएर रातभर गोरु बोकेका गाडीलाई निगरानी गरी बिहान प्रहरी प्रशासनलाई खबर गरेर पत्रकारहरूका बीच प्रहरीलाई बुझाएको हो ।
८ वटा ट्रकमा रहेका एक सय ९१ वटा गोरु र बाटोमा ल्याउँदै गरिएका ३ वटा ट्रकमा रहेका ७५ वटा गोरु बोकेका ट्रकहरू बाटोबाटै भागेका र बाँकी रहेका ट्रकलाई कब्जा गरी रातभर राखिएको थियो । दिनमा जङ्गलको बीचमा लगेर राख्ने र रातको समयमा तस्करी गर्ने गरेको स्थानीय बासी बताउँछन् । पटकपटक प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरीले कुनै निगरानी नगरेको भन्दै विप्लव निकट युवाहरूलाई स्थानीय जनताले सूचना गरेको आधारमा समातिएको युवा सङ्गठनका नेता नवीनले बताए । पत्रकारहरूमार्फत प्रहरीलाई गोरुको अवैध कारोबारको जानकारी गराउँदासमेत प्रहरीले बेवास्ता गरेमा अर्कोपटक जनताकै स्तरबाट आफूहरूले कारबाही गर्ने ती नेताले पत्रकार सम्मेलनमा बताए ।

२०७५ माघ ९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :