हनुमन्ते खोलाको वहाव फर्काइए कडा कारबाही : नेकपा

भक्तपुर : हनुमन्ते खोलाको प्राकृतिक वहाव फर्काउने षड्यन्त्र भएपछि नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले विरोध गरेको छ ।
जनप्रतिनिधिहरुको इसारामा भूमाफियाले रकमको चलखेल गरेर खोलाको प्राकृतिक वहावलाई नै नयाँ धार सिर्जना गरेर फर्काउन लागिएपछि स्थानीयको आवाजलाई बुलुन्द गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आधिकारिक धारणा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । खोलाको धार परिवर्तन गरेर स्थानीयलाई अप्ठ्यारोमा पार्ने हर्कतप्रति पार्टीको ध्यानाकर्षण भएको उसले जनाएको छ ।
भक्तपुर पार्टीका सेक्रेटरी लालकिरणले शनिबार प्रेस विज्ञिप्त जारी गर्दै खोलाको वहाव पुरानै स्थानबाट अन्यत्रै सार्ने हर्कत जारी रहेको भन्दै संलग्नहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
सूर्य्विनायक नगरपालिकाको ३ र मध्यपुर नगरपालिकाको ५ नम्बर वडाको सीमानामा पर्ने हनुमन्ते खोलाको वहावलाई नयाँ धार खडा गराएर माफियाहरुले पुराना स्थानको जग्गालाई कब्जामा लिने दाउ रचेपछि स्थानीय आक्रोशित बनेका छन् ।
कुनैपनि मूल्यमा खोलाको वहाव परिवर्तन गर्न नदिने स्थानीयहरुको भनाई छ । वहाव धार फर्काउने षड्यन्त्रमा आर्थिक लाभका लागि जनप्रतिनिले साथ दिइरहेको उनीहरुको भनाई छ । जनप्रतिनि र भूमाफियाबीच केही अन्तर नदेखिएकोले पार्टीको जनपक्षीय नीतिअनुसार स्थानीयको हितमा जिल्ला पार्टीले कदम चालेको सेक्रेटरी लालकिरणले बताए ।

‘हनुमन्ते खोलालाई भूमाफिया र केही स्थानीय जनप्रतिनिहरुको मिलेमतोमा फर्काउन गरिएको प्रयासप्रति नेपाल कम्युनिस्ट पार्टी भक्तपुरको गम्भीर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

नयाँ धार खडा गराएर सम्बन्धित जग्गाधनीलाई आफ्नो जग्गा सस्तो मूल्यमा बिक्री गर्न बाध्य पार्ने षडयन्त्र भइरहेको सेक्रेटरी लालकिरणले बताए । उक्त षडयन्त्र कुनैपनि हालतमा सफल हुन नदिने र त्यसमा स्थानीयवासीको साथ रहेको उनले बताए ।

२०७५ माघ ६ गते आइ्तबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :