मजदुर नेताहरुलाई उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घको पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा र उपाध्यक्ष विकास थापालाई पक्राउ गर्नुको कारण लिखित जबाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गृह मन्त्रालय लगायत विपक्षीहरूका नाममा बिहिबार जारी गरेको आदेशमा न्यायाधिवक्ताको कार्यालयमार्फत दुवै बन्दीलाई उपस्थित गराउन आदेश जारी गरेको हो ।

लोकेन्द्र थापाको तर्फबाट कमल राउत र विकाश थापाको तर्फबाट नवराज थापाले पुस २४ गते छुट्टाछुट्टै दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहसपछि सर्वोच्चले उक्त आदेश दिएको हो । बहसमा रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कपिलचन्द्र पोख्रेलले बहसपैरवी गरेका थिए ।

दुवै जनालाई सङ्गठनको कामको सिलसिलामा ललितपुर महानगरपालिका २५, भैंसेपाटी चोकबाट पुस १९ गते गिरफ्तार गरी काठमाडौँको अनामनगर हिरासतमा राखिएको छ ।

२०७५  पुस २६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :