खतिवडाको खुट्टा भाँचियो/गोर्खाली प्रक्राउ

raju-gorkhali - yuba raj khatiwada
काठमाडौं/जेठ २२, पोखरा, श्रृजनाचोकमा मिनि मार्केट सञ्चालक रहेका धादिङ निवासी युवराज खतिवडाले पोखरा एएरपोर्टमा रहेको सस्तो बजारका निम्छरा व्यवसायीमाथि चरम लुटपाट, शोषण र ज्यादती गरिरहेको जनगुनासो आइरहेको बेला अज्ञात समूहले वैशाख १८ गते खतिवडामाथि भौतिक आक्रमण गरेको थियो । आक्रमणको क्रममा खतिवडाको गोडा भाँचिएको थियो । खतिवडाले व्यवसायको नाममा पोखरामा हप्ता असुली, लुटपाट र डकैती गर्दै आएका थिए । खतिवडाका गूरु गुण्डा नाइके राजु गोर्खालीको आड–भरोसामा उनले सो धन्दा चलाउँदै निमुखा व्यपारीलगायत सर्वसाधरणलाई ज्यादती गर्दै आएका थिए । काठमाडौं चाबहिलमा बसोबास गर्ने स्थायी ठेगाना गोर्खा रहेका गोर्खालीलाई जेठ २२ गते काठमाडौंको सुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको छ । तर गोर्खालीलाई मोटो रकम असुल गरेर छाड्ने तारतम्य भइरहेकोले पोखरा सस्तो बजारका व्यापारीहरु आक्रोसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :