प्रचण्ड छोडेर सिङ्गो गाउँ समिति विप्लवतिर

दाङ : दाङको डुरुवामा तत्कालीन माओवादी केन्द्रको सिङ्गो गाउँ समिति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ ।
पूर्व माओवादी केन्द्र डुरुवा गाउँ समितिका अध्यक्ष शिव सुवेदीको नेतृत्वमा रहेको १५ सदस्यीय सिङ्गो गाउँ समितिका सदस्यहरु नेपाल कम्युनिस्ट पार्टी दाङमा प्रवेश गरेका छन् ।

जनयुद्धका उदेश्य र भावनालाई घात गर्दै प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको भन्दै उनीहरूले जनयुद्धको उदेश्यलाई पूरा गर्न एकीकृत जनक्रान्तिमा प्रतिबद्ध हुने वाचा गर्दै नेपाल कम्युनिस्ट पार्टीमा आएको बताएका छन् ।

त्यस्तै तत्कालीन माओवादी केन्द्र ४ नम्बर क्षेत्रका वाइसीएल इन्चार्ज तुलसी चौधरी पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमबिच पार्टीमा ध्रुवीकृत भएर आउनेहरुलाई स्वागत तथा सम्मान गरिएको नेकपा दाङले जनाएको छ ।

२०७५ पुस २१ गते शनिबार प्रकाशित
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :