कवि निभा शाहलाई मातृ शोक, महासचिव थपलियाद्वारा समवेदना

काठमाडाैँ : नेपालको समकालीन क्रान्तिकारी साहित्यिक फाँटका सशक्त कवि निभा शाहको आमा सुशीला शाहको शुक्रबार ८० वर्षको उमेरमा काठमाडौँको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा उपचारकै क्रममा निधन भएको छ ।
 
अछाम जिल्लाको कालिमाटीमा जन्मनुभएका सुशीला शाहको असमायिक निधन भएकोप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घले दुःख व्यक्त गरेका छन् ।
 
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले शनिबार प्रेस शोक वक्तव्य प्रकाशित गरी गरी प्रखर वक्ता, कवि, समीक्षक तथा लेखक निभा शाहको आमा सुशीला शाहप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
 
उनले निभा शाहको शोकसन्तप्त परिवारजन तथा शुभचिन्तक सबैप्रति गहिरो समवेदना दिएका छन् ।
२०७५ पुस २१ गते शनिबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :