अनेमसंघ क्रान्तिकारी बैतडीको अध्यक्षमा पार्वती

बैतडी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको बैतडीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पार्वती धानुकको अध्यक्षयतामा १७ सदस्यीय जिल्ला समिति चयन भएको छ । जसको उपाध्यक्षमा चादनी धामी, सचिब गमला बिस्ट, कोषाध्यक्ष मन्जु बम, सहसचिव बिष्णा बिस्ट सहित ५ जना पछी थप्ने गरि चयन गरेको हो ।

सम्मेलनको प्रमुख अतिथि समेत रहेकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्दीय सचिवालय सदस्य ममता सुर्खेतीले पछिल्लो समय दलाल राज्यले महिला अधिकार झन् कुण्ठित गरेको भन्दै न्यायको लडाइँको लागि एकजुट भएर लडनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले बैज्ञानिक समाजबाद नआएसम्म महिला अधिकार सुनिश्चित नहुने समेत बताउनु भयो ।

कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज बासुदेव लगायतका वक्ताले बोल्नु भएको थियो । कार्यक्रममा उर्मिला बिस्टको नेतृत्वमा माके र नेपाली काङ्ग्रेसबाट १५ जना भन्दा बढी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश समेत गरेका छन् ।
पार्बती धानुकको अध्यक्षता कार्यक्रमको सञ्चालन बिस्णा बिस्टले गर्नुभएको थियो ।

२०७५ कात्तिक २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :