विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश

कैलाली : सत्तारुढ पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी १० जना नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । कैलालीको धनगढी उप–महानगरपालिकामा ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ को क्रममा बिहीबार क्याम्पस प्रमुख सहित १० जना प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा वेदप्रकाश महरा, माधव जोशी, विनोद बोहरा, भोजराज विक, कृष्ण चौधरीको नेतृत्वमा १० जना प्रवेश गरेका हुन् ।

उनीहरुलाई जिल्ला इञ्चार्ज विवेक र थारुवान जनसरकार प्रमुख महानले अविर टिकालगायत स्वागत गरि पार्टी प्रवेश गराएका छन् । उक्त कार्यक्रमको सञ्चालन सेक्रेटरी प्रकाश मल्लले गरेका थिए । पछिल्लो समयमा विभिन्न पार्टी परित्याग गरी नेकपामा ध्रुवीकरण भइरहेको बेला कैलालीमा यसले तीव्र गति पाएको छ ।

२०७५ कात्तिक १५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :