जिल्ला जनपरिषद् कैलालीको चेतावनी

कैलाली : थारुवान जनपरिषद् नेपाल अन्तरगत रहेको जिल्ला कार्यालय कैलालीले स्थानीय सरकारद्वारा लाडिएको महंगी कर नतिर्न सम्पूर्ण आमजनसमुदाय व्यापारी, शिक्षक, कर्मचारी, व्यावसायी, विद्यार्थीलाई अनुरोध गर्दै जनताबाट कर असुली गर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला जनसरकार प्रमुख करणले स्थायी शान्ति, समृद्धि र स्वाधीनताका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न जनसरकारलाई सहयोग गरीदिन अनुरोध गरेका छन् । नेकपाका कैलाली गाउँपालिका जिम्मेवार नेता अरुणलाई स्थानीय प्रशासनले गिरफ्तार गर्न लगाउने कार्यप्रति भत्र्सना गरेको छ । साथै यस्तो कार्य जारी रहे उत्पन्न पस्थितिको जिम्मेवारी स्वायम प्रशासन हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

२०७५ कात्तिक ८ गते बिहीबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :