अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चन्द

    
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँकेको २४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा सम्पन्न भएको अखिल (क्रान्तिकारी) बाँकेको सम्मेलनले पुनः मदन चन्दको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरेको छ ।
जसकोे उपाध्यक्षमा प्रकाश वली, सचिवमा डिबि शाही, सहसचिव डबल सुनार, कोषाध्यक्षमा हरिशंकर प्याकुरेल छन् ।
‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सशक्त आन्दोलन !, सुदृढ संगठन र एकीकृत जनक्रान्तिको पक्षमा २४ औँ जिल्ला सम्मेलन !! भन्ने नाराका साथ सम्मेलन सुरु हुनु अघि हजारौँ विद्यार्थीहरुको सहभागितामा ¥यालीसहित उद्घाटन सभा भएको थियो ।
हजारौँ विद्यार्थीहरुको सहभागितामा भएको सम्मेलनलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, महासचिव प्रकाश शाही, कोषाध्यक्ष नरेन्द्र विकलगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा सामाना परिवारकाे विशेष प्रस्तुति प्रस्तुत गरेकाे जनाइएकाे छ । 

२०७५ असाेज १८ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :