डोटीका गाउँगाउँमा नेकपाको सङ्गठन विस्तार

     
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ मा क्रान्तिकारी धु्रवीकरण पनि तीव्र रूपमा भइरहेको छ । यसैबीच योङ रेड फोर्स, नेपाल डोटी जिल्ला जोरायल गाउँपालिका वार्ड नं. ४ सिराडका युवाहरूको भेला सम्पन्न भएको छ । उक्त भेलाले निरज पुनमगरको नेतृत्वमा ११ सदस्यीय सिराड टोल समिति गठन गरेको छ । सङ्गठनको उपाध्यक्ष्यमा विषम पुनमगर, सचिव जीवन पुनमगर, सहसचिव आयुष, कोषाध्यक्ष कृष्ण बुढामगर, सदस्यहरू जीवन घर्तीमगर, विक्रम घर्तीमगर, विनोद रोकामगर, वीरेन्द्र रोकामगर, दुर्गेश रोकामगर रहेका छन् ।
यसैगरी उक्त अभियान टोलीले योङ रेड फोर्स डोटीको ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । अध्यक्षमा ललित बोहरा, उपाध्यक्ष मोतीलाल साउद, सचिव गम्भीर साउद, कोषाध्यक्ष हर्कबहादुर सार्की, सदस्यहरू गणेश सार्की, गोपाल सार्की, रमेश सार्की र सुशीला सार्की छन् । यसैगरी अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) जोरायल गाउँपालिका लक्ष्मीनगरमा भोजबहादुर सार्कीको अध्यक्षमा ७ सदस्यीय नगर समिति गठन गरेको छ । यसैगरी मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं. ४ मै प्रकाश बलामी मगरको नेतृत्वमा १० सदस्यीय टोल समिति गठन गरिएको छ ।


यसैगरी अभियानकै क्रममा श्री शिवजी माध्यमिक विद्यालय बडिकेदार गाउँपालिका वडा नं. ४ मै मान्नाकापडी भञ्यालीमा अखिल (क्रान्तिकारी) को ११ सदस्यीय टोल समिति गठन भएको नेकपा डोटीले जनाएको छ । समितिका अध्यक्षमा किरण मौनी छानिएका छन् ।
यसैगरी डोटीकै विस्नुमा माध्यमिक विद्यालय बढिकेदार गाउँपालिका ४ मान्नाकापडीमै अखिल (क्रान्तिकारी) एकाइ समिति गठन भएको छ । त्यसको नेतृत्वमा रामबहादुर सार्की छन् भने समितिमा २७ जना सदस्य छन् ।
यसैगरी जोरायल गाउँपालिका वडा नं. ४ मा रहेको श्री घण्टेश्वरी माध्यमिक विद्यालयमा सीता कपउचलको अध्यक्षतामा २३ सदस्यीय एकाइ समिति चयन गरिएको छ । भेलाको अध्यक्षता लक्ष्मण ताडीले गरेका थिए भने प्रमुख अतिथि वीरेन्द्र, विशिष्ट अतिथि शेरबहादुर देउवा (शिखर) र अतिथि झलक विक रहेका थिए ।
यसैगरी उक्त गाउँपालिकाको श्री रामपुर उमावि बडरमा अखिल (क्रान्तिकारी) एकाइ समिति गठन गरेको छ । उक्त विद्यालयमा कविता भाट अध्यक्ष रहने गरी १७ सदस्यीय समिति गठन भएको छ ।
यसैगरी उक्त गाउँपालिको गौरास्थित श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा गणेश खड्का अध्यक्ष रहने गरी १५ सदस्यीय अखिल (क्रान्तिकारी) को एकाइ समिति गठन गरिएको छ । यसैगरी डोटी जिल्लाकै शिखर नगपालिकास्थित श्री सीताराम उमाविमा अखिल (क्रान्तिकारी) को एकाइ समिति गठन गरिएको छ । योगेन्द्र कार्की अध्यक्ष रहने गरी १२ सदस्यीय एकाइ समिति गठन गरिएको जानकारी नेकपा डोटीका जिल्ला इन्चार्ज शिखरले दिएका छन् ।

२०७५ असोज १७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :