जनकपुरमा नेकपाको अभियान

            

जनकपुर : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान साथै पूर्वाञ्चलस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सिन्धुली जिल्लाको हरिहर गाउँपालिका वडा नम्बर ६ मा असोज १५ गते समापन भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य जनकपुरब्युरो इन्चार्ज सन्देश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रणवीर, अतिथिहरू केन्द्रीय सदस्य रवि अधिकारी, हितमान, निर्मल स्कुलिङ विभाग सदस्य गति, टोलीका प्रमुखहरू राजु कार्की, कुमार पौडेल, शरद, रूपेश, अमर, जोखिम हुनुहुन्थ्यो ।

सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियोे । साथै अभियानका क्रममा गिरफ्तारीमा परी २० दिन हिरासतपछि रिहा भएकाहरू सिराहा जिल्लाका सेक्रेटरी साहस, ग्याना देवी, जानकी, चुनचुनलाई प्रमुख अतिथि र अतिथिले दोसल्ला ओढाएर सम्मान गरेका थिए । अहिले पनि तीनजना नेता–कार्यकर्ता हिरासतमा रहेको बताइएको छे । सिराहा जिल्लामा टोली नम्बर ३ का उपप्रमुख ब्युरो सदस्य शशी राई, एम लिम्बू, सर्लाहीमा रामपुकार रामलाई झूट्टा मुद्दा लगाई हिरासतमा राखिएको छ । रामपुकारलाई धरौटीमा रिहा गरेलगत्तै अदालतपरिसरबाटै पुनः पक्राउ गरिएको हो । अनुभूती रिपोर्टिङ मन्तव्य अमर, रूपेश, जोखिम, गति, राजु कार्की, शरद, केन्द्रीय सदस्य हितमान र रवि अधिकारीले आफूहरू ४५ दिनसम्म जनता र सहिदहरूको घरआँगनमा जाँदा जनताले माया गरेको, सहिदहरूका आफन्त, घाइते–अपाङ्गहरूका आँखामा खुसी देखेको र सहिदहरूको अधुरो सपना एकीकृत जनक्रान्तिको माध्यमबाट पूरा गर्ने प्रतिबद्धता गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि रणवीरले यो अभियानले दलाल फासिवादी सरकारलाई पछि हट्न बाध्य पारेको बताए ।

अभियान प्रभावकारी रहेको मधेस–पहाड एकीकृत गर्न सफल पार्न एकीकृत अभियान अघि बढेको नेता रणवीरले बताए । नेपाल कम्युनिस्ट पार्टीको वैचारिक कुरा राख्न, जनताको पछि लाग्न र प्रचारप्रसार गर्न सफल भएको छ ।


४५ दिनसम्म अभियानमा हिँड्ने १२१ जनालाई जनकपुर ब्युरोले सम्मानपत्र दिएको छ । ब्युरो इन्चार्ज सन्देश पौडेलले अभियानका क्रममा ५० औँ हजार जनतालाई प्रत्यक्ष भेटवार्ता गरेको र सयौँ सङ्गठन विस्तार गरेको बताए । उक्त अभियान भदौ १ गतेबाट सुरु भएको थियो । अभियान जनकपुर ब्युरोअन्तर्गत सर्लाही, सिन्धुली, मोहत्तरी, धनुषा, सिराहा, सप्तरी र उदयपुरमा सञ्चालन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कुमार पौडेलले राखेका थिए भने सञ्चालन निर्मलले गरेका थिए ।

२०७५ असाेज १७ गते बुधबार  प्रकािशत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :