काठमाडौँमा क्रान्तिकारी मजदुरहरु संगठित

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ अन्तर्गत रहेको पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी सेक्युरीटी सङ्घ काठमाडौंँको जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट रहेको उक्त महासङ्घका सेक्रेटरी शिशिर थापाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको भेलाले हरि थापामगरको अध्यक्षता दुई सदस्य पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको कार्यसमितिहरुमा उपाध्यक्ष राजेन्द्र खत्री, सचिव तेतनारायण श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा विष्णु लिम्बु, भीष्म धिमाल, धर्मेन्द्र चौधरी, अविनास चौधरी, कृष्ण काठौ, विवेक लामा रहेका छन् । कार्यक्रममा सेक्रेटरी थापाले यो सामाजिक दलाल पुँजीवादी राज्य सत्ताले आम श्रमजीवी मजदुरहरुको हितमा काम गर्न नसक्ने र आफ्नो पार्टीले अघि सोरेको एकीकृत जनक्रान्तिबाट मात्र मजदुरहरुको अधिकार प्राप्त हुने बताएका छन् । कार्यक्रमको अतिथिहरु अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ काठमाडौँका अध्यक्ष नारायण तोलाङ्गी, दिपेन्द्र घिमिरे, अर्जुनलगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् । कार्यक्रमको अध्यक्षता भने हरि थापामगरले गरेका थिए ।
२०७५ असोज ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :