छानबिन समिति खारेज गरि नयाँ समिति गठन गर्न संयुक्त विद्यार्थी संगठनको माग

 

पोखरा : महङी, कालो बजारी, भ्रष्टाचारि, महिला हिंसा बलत्कारी र हत्याको विरुद्ध बिहीबार पोखरामा संयुक्त विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

पोखरामा सक्रिय ५ विद्यार्थी संगठनको संयुक्त विरोध प्रदर्शन भएको थियो जसमा विप्लवले नेतृत्व गरेको विद्यार्थी संगठन अखिल (क्रान्तिाकारी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल (छैठौं) नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन, ऋिषी कट्टेल नेतृत्व नेकपाका विद्यार्थी संगठन थिए । 

विज्ञान र प्रविधिमा चरम परिवर्तन भएता पनि र महिलालाई हेर्ने दृस्ठिकोण आज पनि पन्चायतकै जस्तो छ । एक महिना बितिसक्दा पनि पुष्पा केसीको विषयमा किन सत्य तथ्य बाहिर ननिस्किएको प्रति संयुक्त विद्यार्थी संगठनले प्रश्न गरेको छ ।
अहिलेको छानबिन समितिलाई खारेज गरि नयाँ समिति गठन गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।

आज महिलाहरुमाथि घटेको घटनालाई कसरी रोक्ने भन्नेतिर बहस गर्नुको सट्टा रेड लाइट खोल्ने र लाइसेन्स दिएर समाजवाद ल्याउने कुराप्रति संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण भएको छ ।

पेट्रोलियम पदर्थ, खाद्यान्न सामाग्रीको मूल्य वृद्धि पनि तत्काल नियन्त्रण गर्न संयुक्त विद्यार्थीले माग गरेको छ । पोखरा सृजनाचोकबाट सुरु भएको याली पोखरा पृथ्वीचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

२०७५ असाेज ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :