नेकपाका सिरहा सेक्रेटरीसहित ४ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता–कार्यकतालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई सिरहाको धनगढी नगरपालिका १२ बाट प्रहरीले शनिबार बेलुका गिरफ्तार गरेकाे हाे ।

  गिरफ्तार पर्नेहरुमा नेकपाका सिरहा जिल्ला सेक्रेटरी शाहस, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, सिरहाका अध्यक्ष ज्ञानु सर्दा, उक्त महिला संघ जिल्ला सचिव कान्छी सर्दा र सदस्य चुम्बुन सर्दालाई गिरफ्तार गरिएको छ ।

पछिल्लो समय नेकपाका नेता-कार्याकर्ता गिरफ्तार गर्ने, राजनीतिक आस्था राखेकै आधारमा गिरफ्तार गर्ने कार्य सरकारले तीव्र पारेको छ । यसैक्रममा हालसम्म नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पोलिटब्युरो सदस्यहरु पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू दिपेश राई, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं नेता–कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।

त्यस्तै नेकपामाथि सरकारले राजनीतिक व्यवाहार भन्दा पनि प्रशासनिक व्यवाहार गरेको भन्दै सरकारको चौतर्फी विरोध भैरहेको छ ।
२०७५ भदौ २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :