साम्राज्यवादी मुलुकहरूमा समाजवादी क्रान्तिको सम्भावना

वर्तमान विश्व व्यवस्थाभित्र साम्राज्यवादी मुलुकहरूमा क्रान्ति सम्भव छ किछैन भन्ने विषयमा कमै बहस चलेको पाइन्छ । विश्वक्रान्तिको खाकासँगै तेस्रो विश्वमाहुने क्रान्तिका विषयमा घनीभूत अध्ययन हुँदै आएको छ तर लेनिनको नेतृत्वमा रुसमासम्पन्न अक्टोबर क्रान्तिपछि साम्राज्यवादी मुलुकहरूमा हुने क्रान्तिका सन्दर्भमात्यति चर्चा हुन पाएको छैन । खासगरी सर्वहारावर्गका महान् दार्शनिक माओलेभनेझैँ तत्कालीन परिस्थितिको मूल्याङ्कन गर्दै क्रान्तिका तुफानी केन्द्र एसिया, अफ्रिकातथा ल्याटिन अमेरिकाका देशहरू बनेका छन् । साम्राज्यवादी मुलुकका सर्वहारावर्गमासमेत एक प्रकारको मनोवैज्ञनिक अवधारणा पैदा भएको पाइन्छ– क्रान्तिका तुफानीकेन्द्रहरू तेस्रो विश्वका मुलुकहरू हुन् र साम्राज्यवादी मुलुकहरूमा त्यसप्रकारकोसम्भावना कम हुन सक्दछ । त्यसकारण पनि हुन सक्दछ साम्राज्यवादी मुलुकहरूमारहेका क्रान्तिकारीहरूका लागि तत्कालका हिसाबले क्रान्तिको प्रश्न जल्दोबल्दो प्रश्नहुन सकेको देखिँदैन ।

अहिलेको विश्वमा साम्राज्यवादी मुलुकहरूभित्र केही माओवादी पार्टीहरूविद्यमान छन् जो खासगरी अमेरिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी संयुक्त राज्यअमेरिका (आरसीपी यूएसए), क्यानाडामा आरसीपी क्यानाडा, इटलीमा माओवादीकम्युनिस्ट पार्टी इटली हुन् र जर्मनी, फ्रान्स, स्पेन तथा बेलायत गरी केहीमुलुकमा केही माओवादी क्रान्तिकारी सङ्गठनहरू रहेका छन् तर ती माओवादीपार्टी एवम् सङ्गठनहरूले साम्राज्यवादी मुलुकहरूभित्र हुने क्रान्तिको खाकाकासन्दर्भमा माक्र्सवादी–लेनिनवादी–माओवादी विज्ञान र मान्यताका आधारमा प्रस्ट चित्रदिन सकेको देखिँदैन । यसबाट पनि स्पष्ट हुन्छ– साम्राज्यवादी मुलुकहरूमा हुनेक्रान्तिका सन्दर्भमा कमै मात्र चर्चा हुने गरेको छ । सबैमा राम्रो जानकारी भएकोविषय हो, साम्राज्यवादी रुसभित्र समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि लेनिनलेसैद्धान्तिक, राजनीतिक एवम् सङ्गठनात्मक हिसाबले अद्वितीय देन दिनुभएकोथियो । रुसी क्रान्ति सम्पन्न गर्ने क्रममा उहाँले माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमाविकास गर्नुभएको थियो । त्यस्तैगरी चिनियाँ क्रान्ति सम्पन्न गर्नका लागि माओलेपनि त्यही प्रकारको देन दिनुभएको थियो । चिनियाँ क्रान्ति सम्पन्न गर्ने दौरानमामाओले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्नुभएकोथियो । यसबाट पनि प्रस्ट हुन्छ, क्रान्तिको प्रक्रिया कति जटिल, कति गम्भीरहुन्छ र यसले कति भीषण मेहनतको माग गर्दछ । साम्राज्यवादी मुलुकमा रहेकाक्रान्तिकारीहरूबाट त्यसप्रकारको गम्भीर वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मकसङ्घर्ष गरेको पाइँदैन ।साम्राज्यवादी मुलुकहरूभित्र रहेका माओवादी पार्टीहरूका आआफ्नै प्रकारकाराजनीतिक कार्यदिशा तथा फौजी रणनीति र कार्यनीतिहरू रहेको पाउँछौँ । जस्तोकि आरसीपी अमेरिकाको विश्लेषणमा अमेरिकामा हुने क्रान्तिका सन्दर्भमा अहिलेकोतात्कालिक स्थितिमा क्रान्तिकारीहरूको कार्यभार क्रान्तिका लागि राजनीतिक तयारीगर्नु रहेको छ भने इटली र क्यानाडाका माओवादीका विश्लेषणमा दीर्घकालीनजनयुद्धका माध्यमबाट ती साम्राज्यवादी मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न गर्नसकिन्छ भन्ने मान्यता रहेको छ । आरसीपी अमेरिकाले राजनीतिक तयारी यसकारणलेगर्न चाहेको कुरा बताउँछ– जब मुलुकमा क्रान्तिकारी सङ्कट पैदा हुन्छ तबत्यहाँको पार्टी तथा जनता राज्यसत्ता कब्जा गर्न र त्यसको नेतृत्व गर्न तयार हुनेछ ।

ठीक त्यसैगरी इटली र क्यानाडाका माओवादी पार्टीहरूका सन्दर्भमा क्रान्तिकारीपरिस्थिति पैदा भएको सन्दर्भमा सत्ता प्राप्त गर्नका लागि आवश्यक शक्तिको निर्माणगर्नका लागि दीर्घकालीन जनयुद्धको विकास आवश्यक छ भन्ने रहेको छ । यहाँ ती पार्टीका राजनीतिक समझदारीहरू तथा उनीहरूका फौजी रणनीतिर कार्यनीतिका सन्दर्भमा भन्दा पनि साम्राज्यवादी मुलुकभित्र हुने क्रान्तिका सन्दर्भमाहामीलाई मालेमावादले कसरी प्रशिक्षित गरेको छ भन्नेबारेमा छोटो चर्चागरिनेछ । हामी साम्राज्यवादी मुलुकहरूभित्र हुने क्रान्तिका सन्दर्भमा कसरी बुझ्छाँैभन्नेबारे सामान्य चर्चा गरिनेछ ःचिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभावका कारण क्रान्तिकारीआन्दोलनका दृष्टिले साम्राज्यवादी मुलुकहरूभित्र दुई प्रवृत्तिहरूको विकास भएकोपाइन्छ । पहिलो प्रवृत्ति बेल्जियम, जर्मनी तथा इटलीमा विकास भएको क्रान्तिकारीएक्सन ग्रुप (सीसीसी) तथा लालसेना हो । भूमिगत रूपले बेल्जियममा सङ्घर्षरतसीसीसी र जर्मनी तथा इटलीमा सङ्घर्षरत लालसेनाजस्ता सङ्गठनहरूले युरोपमासाम्राज्यवादका विरुद्ध सशस्त्र सङ्घर्ष गरेका थिए जसको नामले अहिले पनियुरोपेली शासकवर्गको सातो जान्छ ।

त्यस्तैगरी अर्को प्रवृत्ति माओवादी शान्तिपूर्णक्रान्तिकारी आन्दोलन हो जो फ्रान्समा विकास भएको थियो । फ्रान्सका माओवादीक्रान्तिकारीहरूले शक्तिको प्रयोग गरिने क्रान्तिकारी आन्दोलनको विकास गर्नेभन्दापनि शान्तिपूर्ण आन्दोलनको प्रयोग गरेका थिए । महान् सर्वहारा सांस्कृतिक क्रान्तिकोउपज हुँदाहँुदै पनि यी दुई आन्दोलनहरूको मेल एक ठाउँमा हुन सकेको थिएनअथवा यसरी पनि भन्न सकिन्छ, यी दुई प्रवृत्तिहरू एकापसमा परिपूरक हुँदाहँुदैपनि यिनीहरूका बीचमा मेल हुन सकेको थिएन । जसको कारण ती मुलुकहरूमा यीदुवै प्रकारका आन्दोलनहरूको अहिले अवसान भइसकेको छ र अहिले पनि माओवादीक्रान्तिकारीहरूबाट गहिराइपूर्ण विश्लेषणबिना सीसीसी र लालसेनाको तीव्र विरोधगरिन्छ ।एकातिर युरोपका साम्राज्यवादी मुलुकहरूमा विकास भएका त्यसप्रकारकाप्रवृत्तिहरू र अर्कोतिर ती प्रवृत्तिहरूलाई विश्लेषण गर्ने अहिलेको दृष्टिकोणले एउटाप्रश्न जन्माउने गरेको छ– के साम्राज्यवादी मुलुकहरूमा समाजवादी क्रान्ति सम्भव छ? साम्राज्यवादी मुलुकहरूमा हुनुपर्ने क्रान्तिका सन्दर्भमा दुई मत अत्यन्तै महत्वपूर्णछन् । प्रथम, माक्र्स–एङ्गेल्सले क्रान्ति कस्तो अवस्थामा हुन सक्ला भन्ने विश्लेषणगर्ने सन्दर्भमा टिप्पणी गर्नुभएको थियो, पुँजीवादको विकासका हिसाबले सबैभन्दापहिले बेलायतमा समाजवादी क्रान्ति हुनेछ ।

त्यस्तै दोस्रो मत लेनिनको लिन सकिन्छ । अमेरिकामा क्रान्ति हुन सक्छ कि सक्दैन भन्ने विषयमा विश्लेषण गर्दैलेनिनले भन्नुभएको थियो– अमेरिकी साम्राज्यवादी सत्ता भित्रभित्रै कति कुहिसकेकोछ भने यसलाई रद्दीको टोकरीमा फाल्नका लागि यो तयार भइसकेको छ । माक्र्स–एङ्गेल्सले टिप्पणी गरेको करिब डेढ शताब्दी भइसकेको छ र लेनिनले टिप्पणीगर्नुभएको करिब पौने एक शताब्दी हुन थालिसकेको छ तर न बेलायतमा समाजवादीक्रान्ति देखापर्दछ, न अमेरिकामा नै कुहिएको सत्तालाई रद्दीको टोकरीमा हाल्ने साहसकसैले ग¥यो । बरु कतिपय क्रान्तिकारीहरूले तत्कालीन जनवादी समाजवादीहरूतथा आदर्शवादीहरूले झँै भन्न थालेका छन् माक्र्स–एङ्गेल्स तथा लेनिनलेबेलायत तथा अमेरिकामा हुने क्रान्तिका सन्दर्भमा बहुलट्ठीपूर्ण अभिव्यक्ति सार्वजनिकगर्नुभएको थियो । फलस्वरूप अहिलेका साम्राज्यवादी मुलुकमा क्रान्ति सम्पन्न गर्नेऐतिहासिक जिम्मेवारी प्राप्त गरेका क्रान्तिकारी पार्टीहरूले साम्राज्यवादी मुलुकहरूमासमाजवादी क्रान्ति अहिलेको तत्कालीन विषय हुन नसक्ने कुरा बताउँछन् र साम्राज्यवादी मुलुकहरूमा हुने समाजवादी क्रान्तिका सन्दर्भमा त्यति चर्चा भएकोपनि पाइँदैन ।नेपाली जनयुद्धको दौरान मालेमावादमा भएको विकास वैज्ञानिकदृष्टिकोणबाट विश्लेषण गर्ने हो भने साम्राज्यवादी मुलुकहरूमा क्रान्ति सम्पन्न गर्नकालागि वस्तुगत आधारहरू अहिले पनि विद्यमान देखिन्छन् ।

हाम्रो विचारबाट हेर्दासाम्राज्यवादी मुलुकहरूमा आत्मगत आधार तयार गर्नु क्रान्तिकारीहरूको प्रमुखदायित्व हो तर मजाकको कुरा के छ भने साम्राज्यवादी मुलुकहरूमा क्रान्तिकारीआन्दोलन सङ्गठित गर्ने क्रान्तिकारीहरूको मत रहँदै आएको छ– साम्राज्यवादीमुलुकहरूमा आत्मगत अवस्था राम्रो रहँदै आएको छ तर वस्तुगत अवस्था तयार हुनसकेको छैन ।सैद्धान्तिक रूपले विश्लेषण गर्दा क्रान्ति हुनका लागि क्रान्तिकारी परिस्थितितयार हुनुपर्दछ । क्रान्तिकारी परिस्थितिको तयारीबिना कुनै पनि मुलुकमा क्रान्तिहुन सक्दैन । क्रान्तिकारी परिस्थिति भन्नाले दुई परिस्थितिको संयोग बुझिन्छ–आत्मगत तयारीको परिस्थिति र वस्तुगत तयारीको परिस्थिति । आत्मगत तयारीभन्नाले चिनियाँ क्रान्तिको सन्दर्भमा माओले विकास गर्नुभएको वैज्ञानिक संश्लेषणहो ः एउटा क्रान्तिकारी पार्टी, त्यसको मातहतमा रहेको क्रान्तिकारी सेना र प्रमुखदुस्मनलाई ध्वस्त गर्न विभिन्न जनवर्गसँगको संयुक्त मोर्चा । त्यस्तै वस्तुगत तयारीकोकुरा गर्दा समाजमा बुर्जुवावर्गको शोषण–उत्पीडनका विरुद्धको जनताको असन्तोष,त्यसका विरुद्धको तीव्र सङ्घर्ष भन्ने कुराहरू आउँछन् । समग्रमा क्रान्तिकारीपरिस्थिति त्यो अवस्था हो जहाँ जनता पुरानो सत्तासँग बस्न सक्दैनन् जहाँ पुरानोसत्ता पुरानै तरिकाले सत्ता चलाउने अवस्थामा रहन सक्दैन, जहाँ क्रान्तिकारी पार्टीलेसङ्घर्षलाई पुरानै तरिकाले चलाउन पनि सक्दैन ।

साम्राज्यवादले पैदा गरेकाआर्थिक, राजनीतिक, सामाजिक अराजकता र अस्थिरताका कारण यी परिस्थितिहरूइतिहासमा बारम्बार पैदा भइरहेका हुन्छन् तर आत्मगत परिस्थितिको तयारी राम्रोहुन सकेन भने हरेक क्रान्तिकारी परिस्थितिले क्रान्तिको जन्म दिन सक्दैन ।क्रान्ति सम्पन्न गर्नका लागि आवश्यक पर्ने आत्मगत तयारी र वस्तुगततयारीको आवश्यकता साम्राज्यवादी मुलुकहरूका लागि पनि सत्य हो । साम्राज्यवादकोसङ्कटले पैदा गरेको क्रान्तिकारी परिस्थितिलाई ठीक समयमा पक्रन सकिएन भनेआफैँमा क्रान्ति सम्पन्न हुन सक्दैन । त्यसकारण हरेक क्रान्तिकारी परिस्थितिलेअनिवार्य रूपमा क्रान्तिलाई जन्म दिन सक्तैन । त्यसकारण आज साम्राज्यवादीमुलुकहरूमा क्रान्ति सम्पन्न गर्नका लागि त्यहाँका क्रान्तिकारीहरूले आत्मगत परिस्थितिको तयारी गर्नु आवश्यक देखिन्छ ।अब प्रश्न उठ्छ, त्यसप्रकारको तयारी कसरी गर्न सकिन्छ ? के तेस्रो विश्वमाहुने क्रान्तिको प्रक्रियाबाट साम्राज्यवादी मुलुकहरूमा क्रान्ति सम्भव छ ? इटली रक्यानाडाका माओवादी पार्टीहरूले दीर्घकालीन जनयुद्धको कुरा गर्दा यो विषयमायथेष्ट ध्यान दिएको हुनुपर्छ तर पुँजीवादको विकास भइसकेका मुलुकहरूमा तेस्रोविश्वका मुलुकहरूमा झैँ वा सामन्तवादी उत्पादन सम्बन्ध रहेका मुलुकहरूमा झैँक्रान्तिकारी आन्दोलनको विकास हुन सक्दैन । जसरी तेस्रो विश्वका मुलुकहरूमाहुने क्रान्तिको आधार माओले विकास गरेको दीर्घकालीन जनयुद्ध हुन्छ, साम्राज्यवादीमुलुकहरूमा हुने क्रान्तिको चरित्रको आधार पनि लेनिनले विकास गर्नुभएको आमसशस्त्र विद्रोह नै हुनेछ । तर अहिलेको विश्वमा चाहे त्यो पुँजीवादी मुलुक होस्वा सामन्ती उत्पादन सम्बन्ध भएको, ती मुलुकहरूमा पुरानै तरिकाले वा लेनिन रमाओले विकास गर्नुभएका फौजी रणनीतिहरूले मात्र क्रान्ति सम्भव देखिँदैन ।
(बाँकी अर्को अङ्कमा)

२०७५ भदाै २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :