निर्मला बलात्कार  घटना : कञ्चनपुर तनावग्रस्त

काठमाडाैं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । भदौ ४ गते सोमबार अभियुक्तका रुपमा यस अघि पक्राउ गरिएका दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ । विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् । प्रहरीले मुख्य अपराधी पक्राउ नगरी मानसिक सन्तुलन गुमाएका ब्यक्तिलाई मुख्य अभियुक्त भनेर सोमबार सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोसीत बनेका हुन। प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी स्थानीयको छ । गत सावन १० गते साथीको घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर लामो समयसम्म घटनाको अनुसन्धान पुरा नभएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली कन्चनपुर पुगेको थियो ।

२०७५ भदाै ५ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :