नेकपाका सेक्रेटरी धुर्वसहित ५ जना नेताकार्यकर्ता रिहा

 चितवन : नेपाल कम्युनिस्ट पार्टीका चितवन सेक्रेटरी धुर्व खड्कालगायत ५ जना नेताकार्यकर्ताहरु धरौटीमा आइतबार रिहा भएका छन् । नेकपा चितवनका रत्ननगर इलाका इन्चार्ज रणदिप नेपाल, विधार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने, युवाका कोषाध्यक्ष बिरु तामाङ, कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङलगायत ५ जना रिहा भएका हुन् । 

नेताकार्यकर्ताहरु रिहा भएपछी चितवन पार्टीले कारागारको गेटमा सम्मान कार्यक्रम गरेको नेकपा चितवनले जनाएको छ । उक्त सम्मान कार्यक्रममा अम्बिका पाठक, भरत न्यौपाने, रुपक काफ्लेले रिहाइको खुशीयालीमा अविर र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन व्यक्त गरेका थिए । उनीहरुलाई विभिन्न समयमा प्रहरीले बिनाकारण गिरफ्तार गरी हिरासतमा राखिएको थियो । 

२०७५ भदाै ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :