नेकपाका ब्युरो स्तरीय नेता दर्नालको डेरामा प्रहरी छापा, भाई गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गर्ने, नेताकार्यकर्ताहरुको डेरामा छापा मार्ने जस्ता कार्य तीव्र पारिरहेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य प्रेम दर्नालको डेरामा प्रहरीले छापा मारेको छ । आज अर्थात शनिबार बिहान ८ बजे ठुलो संख्यामा गएको प्रहरीले डेरामा रहेको भाई प्रेमेश दर्नाललाई गिरफ्तार गरिएको छ ।

उनको भाई नेकपामा आबद्ध नभएको प्रतक्षदर्सीले बताएका छन् । उनलाई तेरो दाई खोइ भन्दै प्रहरी अभद्र बेवहार गरेर जबजस्ती आफ्नो भ्यानमा हालेको बताइएको छ । दर्नालको डेरामा रहेका कागजपत्र सामानहरु यत्रतत्र पारेर गएको छ । यस अघि नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेताकार्यकर्ताहरुको डेरामा प्रहरीले छापा गरेका थिए ।
२०७५ साउन २६ गते शनिबार दिउँसो ३ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :