त्रिशूलीमा बस दुर्घटना, ५ को मृत्यु, १३ जना घाइते

काठमाडौँ : काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ । यात्रुवाहक बस त्रिशूलीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले यात्रुवाहक बसलाई ठक्र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकबाट १ सय मिटर तल त्रिशूलीमा खसेको थियो ।
२०७५ साउन ११ गते दिउँसो २ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :