अन्तर्राष्ट्रिय उत्पादन सङ्गठन र नयाँ— साम्राज्यवादको उदय : गुणराज लोहनी


साम्राज्यवाद त्यही ठाउँ र पुरानै चरित्रमा सीमित हुन पुगेको छैन भन्ने कुरा छर्लङ्ग भैसकेको छ । यसका केही विशेषताहरू बदलिएको कुरा सही हो । साम्राज्यवादको राज्य—एकाधिकार—पुँजीवादबाट सङ्गठन (निगम) एकाधिकारमा पुगेको छ । विज्ञान—प्रविधिको साम्राज्यवादबाट भएको भरपूर उपयोग र उत्पादनको साधन बन्दै गर्दा उत्पादनका सम्बन्धमा पनि फेरबदल भएको छ र यसले गर्दा उसले उत्पादनका सङ्गठनहरूमा व्यापक परिवर्तन ल्याएको छ । यति मात्र नभएर लेनिनका पालामा हातका औँलामा सीमित रहेका साम्राज्यवादी शक्ति र देशहरूको सङ्ख्या बढेको मात्र छैन, हिजोका कैयौँ समाजवादी देशहरू र औपनिवेशिक देशहरू पनि साम्राज्यवादमा पतीत भैराखेका छन् । यस परिवेशमा हिजोको साम्राज्यवाद र अहिले देखापरेको साम्राज्यवादको तुलनात्मक अध्ययन गर्न जरुरी रहेको छ ।

नवऔपनिवेशमा आधारित देशहरूले अन्तर्राष्ट्रिय एकाधिकारका लागि सस्तो श्रममा अर्धउत्पादित वस्तु उत्पादन गर्नुपर्दथ्यो, उनीहरूले न्यून मूल्यमा उनीहरूको कच्चा पदार्थ बेच्नुपर्दथ्यो अथवा उनीहरूलाई निश्चित वस्तु किन्न दबाब पर्दथ्यो । सैन्य कार्यमा पनि साम्राज्यवादी शक्तिले कडा लगाम लगाएको थियो । तिनीहरूले महँगा हतियार किन्नका लागि दबाब दिएका हुन्थे र सैन्य अपरेसनको सहभागिता अथवा ‘सैन्य गठबन्धन’ निर्माणमा सैन्य सल्लाहमा कसिलो अभ्यास गरेका थिए ।

यी देशहरूका औद्योगिक र कृषि श्रमिकहरूका अतिरिक्त मूल्यहरू अन्तर्राष्ट्रिय एकाधिकारहरूको सन्दुकमा निचोरिन पुग्दथ्यो । पुँजीको अभावले गर्दा नवऔपनिवेशमा आधारित देशहरूले एकाधिकार बनाएका ठूला बैङ्कहरूबाट कडा रूपमा पुनः तिर्नुपर्ने गरी ठूलो अंशमा ऋण लिनुपर्ने थियो । यस किसिमको भीमकाय कर्जा सङ्कट, जसले नवऔपनिवेशिकवादको गहिरो सङ्कटमा विकास भएको थियो । १९८० देखि १९८९ को बीचमा नवऔपनिवेशिकमा भरपरेका देशहरूको जनसङ्ख्याको वृद्धिको साझेदारी ७४ बाट ७६ प्रतिशत पुगेको थियो । यद्यपि त्यही समयमा विश्वको गार्हस्थ उत्पादन सिर्जनामा उनीहरूको साझेदारी २३ प्रतिशतबाट घटेर १७ प्रतिशतमा झरेको थियो ।११

नवउदारवादको नीतिमा आधारित रहेर साम्राज्यवादी देशहरूले १९८० को दशकबाट विकासको दायित्व लिएका थिए । यो विकासको नियत भनेको सङ्कटको प्रभावको विरोध गर्नु र नवऔपनिवेशिक निर्भर देशहरूमा बजार विस्तार गर्न उत्तेजित पार्ने रहेको थियो । परिणामतः यस्ता देशको अर्थतन्त्र साम्राज्यवादी देशहरू र अन्तर्राष्ट्रिय एकाधिकारको अन्तर्राष्ट्रिय उत्पादन र पुनः उत्पादनप्रक्रिया पूर्ण कब्जामा रहेको थियो । अन्तर्राष्ट्रिय एकाधिकारहरूलाई यसले अतिरिक्त पुँजीको लगानी र नयाँ बजारका लागि अवसरहरू बढाइदिएको थियो ।

१९८० को दशकको मध्यदेखि राज्यको मातहतमा रहेका उद्योगहरूको निजीकरण गर्ने उद्देश्य पूरा गर्न अत्यावश्यक उपकरण बनेको थियो । १९९२ देखि २००१ सम्म, ल्याटिन अमेरिकामा राज्यको मातहतमा रहेका १ हजारभन्दा बढी उद्योगहरू १ सय पचास विलियन अमेरिकी डलरमा बेचिएका थिए ।२ २००३ को ट्विलाइट टु त गड्स किताबको ‘नयाँ विश्व व्यवस्था’ मा लेखिएको छ ।

राज्यमातहतका उद्योगहरूको अन्तर्राष्ट्रिय एकाधिकारलाई बिक्री र निजीकरण जो नवऔपनिवेशिक देशहरूमा उत्पादनको पुनर्सङ्गठनको गुदीका रूपमा देखाप¥यो । बिक्रीको यो विस्तार प्रत्यक्ष वैदेशिक लगानीको भीमकाय वृद्धिद्वारा प्रकट भयो । अन्तर्राष्ट्रिय एकाधिकारहरूले यी देशहरूमा १९८० को १ सय १५ विलियन डलरबाट बढाएर २००० मा १ हजार २ सय ६ विलियन डलर अर्थात् १० गुना लगानी पु¥याएका थिए ।

आज विश्व अर्थतन्त्रमा ११४००० अन्तर्राष्ट्रिय एकाधिकारहरूको मातहतमा ९००,००० साना आकारहरू छन्३; यी एकाधिकारहरूमध्ये ५०० वटा अति एकाधिकारहरूले अन्तर्राष्ट्रिय वित्तीय पुँजीमा एकल तहगत प्रभुत्वको नेतृत्व गरिरहेका छन् । यसले पुँजीवादी उत्पादनको एकाधिकारको गुण—अनुपातको उद्घोष गर्दछ ।

१९९० देखि नवऔपनिवेशमा आश्रित देशहरूमा घरेलु एकाधिकारहरूको अन्तर्राष्ट्रिय उत्पादनको पुनर्सङ्गठनको सृष्टिले तीव्र गति लिएको थियो ।
१९८० र २०१५ को बीचमा, गार्हस्थ उत्पादनमा उद्योगको साझेदारी बढेको थियो । भारतमा यो २४.३ प्रतिशतबाट बढेर २९.६ प्रतिशतमा पुग्यो, टर्कीमा २३.८ बाट बढेर २६.५ प्रतिशत पुग्यो । चीनमा, अर्कोतिर, साझेदारी ४८.१ प्रतिशतबाट घटेर ४०.९ प्रतिशत पुग्यो । यद्यपि कुनै पनि मानेमा औद्योगिक उत्पादन घटेको सङ्केत गर्दैन । बरु औद्यौगिक श्रमको ठूलो हिस्सालाई बाह्य स्रोतको सञ्चालनमा, ठेकेदारका काममा, कामदारका दलालका रूपमा, मौसमी कामदारहरू आदिलाई बाध्य पारियो । कैयौँ अवस्थामा तिनीहरूको तथ्याङ्कलाई भ्रामक ‘सेवा प्रदायकहरू’ का रूपमा गणना गरियो । अहिले यो ‘सेवा प्रदायक’ समूहको ठूलो सङ्ख्या प्रतिबन्धित अथवा विस्तारित भावनामा काम गर्ने वर्गमा पर्दछन् । चीनको कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको वास्तवमा नै विस्फोटक ः २२.३ प्रतिशतबाट बढेर ५०.२ प्रतिशतमा पुगेको थियो । भारतमा यो ४०.३ प्रतिशतबाट बढेर ५३.० प्रतिशत, टर्कीमा ४९.७ प्रतिशतबाट बढेर ६५ प्रतिशत र रुसमा ३३ प्रशितशबाट बढेर ६२.७ प्रतिशत पुगेको थियो । यी देशहरूमा विकासमा कृषिको गार्हस्थ घेरलु उत्पादनको साझेदारीमा वास्तवमा नै गिरावट आएको थियो । १९८० देखि २०१५ को बीचमा २९.६ बाट ८.८, भारतमा ३५.४ प्रतिशतबाट १७.५ प्रतिशत, टर्कीमा २६.५ प्रतिशतबाट ८.५ अथवा रुसमा १६.८ प्रतिशतबाट ४.६ प्रतिशतमा झरेको थियो ।४

त्यसैले अन्तर्राष्ट्रिय एकाधिकारहरूले कृषि क्षेत्रमा नयाँ चरणमा पुँजीको सघनता र अन्तर्राष्ट्रियकरण गर्न बल गरिएको थियो । कृषि रसायनको क्षेत्र, कृषि औजार उद्योग, औद्योगिक स्तरको कृषि उत्पादनको प्रभुत्व, खाद्य उद्योग र खाद्य खुद्रा व्यापारमा संलग्नता बढाएका थिए । नयाँ घरेलु एकाधिकारहरू विशाल घरेलु बजार आपूर्तिका प्रतिस्पर्धी बनेका थिए । १९५३ मा ब्राजिलमा सानो मासु पसलबाट सुरु भएको जेबीएस १९९० मा कृषि—उद्योगमा आधारित सस्तोमा मासु आपूर्तिकर्ता बन्यो भने २०१० मा विश्वकै ठूलो तहको उत्पादकको हैसियतमा पुगेको थियो ।५

यी सामाजिक अर्थतन्त्रको बनावटमा आएको फेरबदलले विशेष रूपमा सहरिया जनसङ्ख्या वृद्धिले तीव्रता पायो; १४ वटा महत्वपूर्ण नयाँ— साम्राज्यवादी देशहरूले विश्व जनसङ्ख्याको १९८० मा ३०.३ प्रतिशतबाट बढेर २०१४ मा ५२. प्रतिशतको साझदोरी पुगेको थियो ।६

विश्व पुँजीवादी अर्थतन्त्रमा असर पार्ने सबै क्षेत्रहरू उत्पादन, व्यापार, यातायात र सञ्चार, सबैखाले अर्थतन्त्र, विज्ञान र संस्कृतिमा एकाधिकारीकरण भएको छ । यो वित्तीय क्षेत्रको अन्तर्राष्ट्रियकरण हो जसको फलस्वरूप सारमा भयङ्कर पुँजीको केन्द्रीकरण र सञ्चितीकरण हुन पुग्यो ।

१९९० देखि अन्तर्राष्ट्रिय उत्पादनमा पुनर्सङ्गठनले विश्वव्यापी रूपमा आधुनिक औद्योगिक उत्पादनमा मजदुरलाई दिएको स्तरीय तालिमले अन्तर्राष्ट्रिय श्रमबजार जन्मायो । मानवजीवनका स्वास्थ्य, शिक्षाजस्ता उत्पादन र पुनर्उत्पादनका क्षेत्रहरूमा पनि यसको बढ्दो विस्तार छ, निजीकरण र अन्तर्राष्ट्रिय एकाधिकारमा रूपान्तरणले गर्दा औद्योगिक उत्पादन सम्बन्धलाई विकसित गराइदियो ।


निजीकरणमा जाँदै गर्दा घरेलु एकाधिकारको उदय र बलियो पनि भयो, यसै परिवेशलाई लिएर उनीहरूले आफ्नो लक्ष्यको तीव्र रूपमा खोज गरे । ब्राजिलमा १९९७ मा कोम्पिया भाले डो रियो डोस खानी कम्पनीलाई निजीकरण गरिएको थियो । अहिले भालेले विश्व फलाम कच्चा व्यापारको नेतृत्व हो ।७ दक्षिणकोरियाको राज्यको सेयर रहेको पोसको स्टिल कम्पनी १९९० मा गिर्दो अवस्थामा रहेको थियो । २०१५ मा पोसको विश्वको चौथो ठूलो स्टिल ग्रुप बन्न पुग्यो ।८

बहुसङ्ख्यक नवऔपनिवेशिक देशहरू नियन्त्रणमा रहेका थिए । यसले उनीहरूको स्वतन्त्र औद्योधिक आधार भत्किएको थियो र साथै कैयौँ राज्यहरू भत्किन पुगेका थिए । यद्यपि यसले गर्दा अरू औपनिवेशिकमा आधारित देशहरूको नयाँ— साम्राज्यवादी देशहरूमा विकास पनि भयो । त्यो कसरी सम्भव भयो ? लेनिनले पुँजीवादी उत्पादन सम्बन्धको सार्वभौम नियम पत्ता लगाउनुभएको थियो ।

‘पुँजीवादअन्तर्गत स्वतन्त्र उद्यम अथवा स्वतन्त्र राज्यको आर्थिक वृद्धि सुचारु सम्भव छैन ।९ हामीले ‘आर्थिक विकासको दिशामा बलियो फेरबदल’१० को निष्कर्ष निकाल्यौँ ।

यी अवस्थाहरूले एकपक्षीय परनिर्भरतादेखि अन्तर्राष्ट्रिय वित्तीय पुँजीको घरेलु एकाधिकार आन्तरिक घुसपैठ भएको प्रस्ट देख्न सकिन्छ ।
नवऔपनिवेशिक परनिर्भर देशहरूको सङ्ख्या वृद्धिले अन्तर्राष्ट्रिय एकाधिकारको विश्वव्यापी उत्पादन र पुनर्उत्पादनमा धेरैभन्दा धेरै पूर्ण एकतामा पुग्यो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय एकाधिकारको पारस्परिक प्रवेशलाई घनीभूत बनायो ।

यो विशेष गरेर सीमापार विलय र अधिग्रहणमा अभिव्यक्ति भएको पाइएको छ । १९९९ देखि २००७ को बीचमा, नयाँ— साम्राज्यवादी देशहरूको ६६ ठाउँहरूमा एकाधिकारहरूको सीमापार अधिग्रहण, विश्वभरिमा एकाधिकारहरूले प्रत्येकलाई कम्तीमा १ विलियन डलरका दरले खरिद; चीनको एकाधिकारबाट १२ वटा अधिग्रहण, संयुक्त अरब इमिरेट्सबाट ११, मेक्सिको र ब्राजिल प्रत्येकबाट ७ वटा, दक्षिणअफ्रिकाबाट ६ वटा, साउदी अरब र रुस प्रत्येकबाट ४ वटा, इन्डोनेसिया र दक्षिणकोरिया प्रत्येकबाट ३ वटा, टर्की र अर्जेन्टिना प्रत्येकबाट २ वटा र इरान र कतार प्रत्येकबाट १ वटा अधिग्रहण गरिएको थियो ।११

अन्तर्राष्ट्रिय उत्पादनको पुनर्गठनदेखि, अति एकाधिकारहरू मुख्य रूपमा विदेशमा उत्पादन गरिएका छन् । त्यसैले तिनीहरू कानुन र नियमनमा एकाधिकार— प्रियमा छन्; अधिकार पत्र र कर प्रक्रियामा, आधुनिक पूर्वाधारमा, दक्ष—तालिम प्राप्त जनशक्ति र ‘शान्तिपूर्ण शोषण’ का लागि उपयुक्त अवस्थाका लागि जनसमूह र अन्तर्राष्ट्रिय स्तरको मापनको प्राकृतिक साधनस्रोतमा परनिर्भर छन् । यिनीहरूलाई विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार सङ्घ र अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनद्वारा व्यक्तिगत रूपमा देशहरूमाथि दबाब दिइएको थियो ।

यो प्रक्रिया उत्पादन सम्बन्धलाई ठोस बनाउने कारण बन्न पुग्छ र साम्राज्यवादी विश्वपद्धतिमा अपेक्षाकृत आदानप्रदान हुन पुग्छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा वृद्धि हुन्छ, यति मात्र नभएर अन्तर्राष्ट्रिय क्रान्ति र श्रमिक वर्ग र जनता आन्दोलनका लागि सामाजिक परिस्थिति अनुकूल हुन्छ ।

पछिल्लो विश्वमा देखिएका यी नयाँ तथ्यहरूले साम्राज्यवादले गरिब राष्ट्रहरूको प्राकृतिक साधनस्रोतमाथि दोहन, नयाँ चरित्रको श्रमिक वर्ग र उनीहरूको श्रममाथिको शोषणको नयाँ प्रकृति, विकासका नाममा भएको प्राकृतिक दोहन र विस्फोटक बनेको पर्यावरण र साम्राज्यवादी उत्पादनको फरक तरिकाको बजार विस्तारले विद्यमान साम्राज्यवादको अद्यावधिक विश्लेषणको माग गर्दछ ।

साम्राज्यवादको चरित्र बदलिएको भए पनि यसका पछिल्ला विशेषताहरूले नयाँखालको क्रान्तिको आधार तयार पारेको छ । अब नयाँ संश्लेषण गर्नुपर्ने भएको छ । यसैलाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टीले उत्तरसाम्राज्यवाद भन्दै आएको छ । उसको यो विश्लेषणलाई संश्लेषण गर्न जरुरी छ ।
२०७५ असार २२ गते बिहान ११ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्