नेकपाका कार्यकर्ता लामा गिरफ्तार

विजय लामा / सर्लाही : प्रहरीले नेकपाका कार्यकर्ता नवीन लामालाई गिरफ्तार गरी रहस्यमय ढङ्गले बेपत्ता बनाएको छ । बेपत्ता बनाउन अघि असार १७ गते राती प्रहरीको एक टोलीले सर्लाहीको बागमती नगरपालिका ४ मा बस्ने नेकपाका कार्यकर्ता लामालाई डाँकु शैलीमा घरबाट जबरजस्ती निकाली गाउँले र परिवारको सामुन्ने निर्घात कुटपिट गरेको थियो । प्रहरीले लामाको हातको घडी, सुनको औँठी, २५ हजार नगदसमेत जफत गरी प्रहरी कार्यालय हिँड् भन्दै भ्यानमा चढाएर लगेको जानकारी गाउँले र घरपरिवारले दिएका छन् । लामालाई बेपत्ता बनाइएको परिवार स्रोतले जनाएको छ । लामालाई गिरफ्तार गर्न आएको प्रहरी टोलीमा कालिका कन्स्ट्रक्सनका ठेकेदार महेन्द्र बुढाथोकी (विष्णु) समेत रहेको प्रत्यक्षदर्शीले बताएका छन् । नेकपाका सर्लाहीले लामालाई तत्काल सार्वजनिक गर्दै रिहाइको माग गरेको छ ।
२०७५ असार २१ गते अपरान्ह ४ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :