माओवादी केन्द्र दलाल पुँजीवादमा पतन भएको छ : अटल

????????????????????????????????????

(श्यामबहादुर बोहोरा ‘अटल’ २०२८ जेठ १६ मा रुकुमको रुघामा जन्मिएका हुन् । २०४४ सालदेखि अ.ने.रा.स्व.वि.यु.मा आवद्ध, हेमन्तप्रकाश ओली, लोकेन्द्र विष्ट, पहलबहादुर पुन, जीतबहादुर शाहहरुद्धारा प्रेरित भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका थिए । २०४६ मा अ.ने.रा.स्व.वि.यु.को रुकुम जिल्ला समिति सदस्य हुँदै २०४९ सालमा जिल्ला अध्यक्षसमेत भएका हुन् । २०४७ सालमा नेकपा (मशाल)को पार्टी सदस्यता जनार्दन शर्माबाट प्राप्त गरेका बोहोरा २०५० सालमा नेकपा (एकता केन्द्र रुकुमको जिल्ला पार्टी सदस्य, २०५७ मा नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्य, २०६८ मा केन्द्रीय सदस्य र २०७३ मा नेकपा (माकेका पोलिटव्यूरो सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । रुकुमका उनै लोकप्रिय नेता बोहरासँग अम्बिका चन्दले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।)

श्यामबहादुर बोहरा ‘अटल’ त्यसको अध्ययन वा तर्क पनि गर्नुहोस् न । त्यसको अध्ययन जनताले गरुन् र इतिहासले पनि त्यसको छानविन निर्मम ढंगले गर्नेछ । महान सहिदहरुको सपनामा गद्दारी भएको छ । जनताको त्यागमा धोका भएको छ र क्रान्तिप्रति गम्भीर विश्वासघात भएको छ ।

»» तपाईले माओवादी केन्द्रबाट विद्रोह गर्नुको कारण के हो ?

पहिलो, माओवादी केन्द्रको नेतृत्व द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणबाट स्खलित भएर आदर्शवादी आचरणमा पतित भएको छ । जसको फलस्वरुप न सारसंग्रहवादी जस्तो न द्वैतवादी जस्तो बहुरंगी बनेको छ । माक्र्सका भाषामा भन्ने हो भने विवेकको अभाव नै ईश्वरको अस्तित्व हो । त्यो त्यही ईश्वरको अस्तित्वको खोजको यात्रातिर गएको छ । त्यसकारण त्यसले आफ्नो वचारधारात्मक र राजनैतिक कार्यदिशा परित्याग गर्दै करिब विजयको सन्निकट पुगिसकेको महान जनयुद्ध अपूर्व जनमुक्ति सेना र ऐतिहासिक जनसत्ता विघटन र विसर्जन ग¥यो । यो भयानक धोका र गद्दारी नै थियो । क्रमशः आज त्यो संसदीय दलाल पुँजीवादमा पतन भएको छ । त्यसबाट विद्रोह गर्नुको मेरो पहिलो कारण यही नै हो । दोश्रो, आर्थिक अपचलन, अपारदर्शीता, कमिसन, भ्रष्टाचार, लुट, तस्करी डरलाग्दो पराकाष्ठामा पुगेको छ । त्यो क्रम कहिल्यै रोकिने स्थिति छैन । सत्ता, शक्ति र सम्पत्तिको होडबाजी त्यसको जीवन मरणको प्रमुख विषय भएको छ । जति खाए पनि कहिल्यै धित नमर्ने दानवियताको राज चलेको छ । त्यो अन्तहिन चलिरहने छ, जबसम्म उनीहरुको जीवन रहने छ । यसबाट आजित भएर हार स्वीकार गर्दै मैले सम्बन्ध विच्छेद गरेको छु । तेश्रो, संगठनात्मक रुपले त्यहाँ कुनै प्रणाली छैन । पार्टीमा बढुवा हुन र राज्यअन्तर्गतका लाभका पदप्राप्त गर्न र प्र दान गर्न जहाँनिया खुनीतन्त्र हावी छ । त्यसपछि गुटवाद मडारिन्छ । नेता कार्यकर्ताको कुनै त्याग, लगन, निष्ठा, आदेश, मूल्य चाहिदैन । त्यसको कुनै स्थान नै छैन । हरेक प्रकारका विकृति विसंगति, भद्रगोल, अराजकता, बलमिचार्इं ज्यादती आदिको प्रतिक बनेको छ माकेमा । मेरो विद्रोहको तेश्रो कारण यही हो । यस प्रकारका लोभी पापी पाखण्डी तस्कर भ्रष्ट, कमीसनखोर, उत्पीडनकारी व्यक्तिवादी महत्वकांक्षी वैदेशिक साम्राज्यवादका दलालहरुको नेतृत्व तहमा बलियो जमघट हुन  गएको छ । अनि त्यहाँ किन र कसरी बसिरहने ?

»» पार्टी चुनावको रमाईलोमा लागिरहेको बेला तपाई किन ध्रुवीकरणतिर लाग्नुभयो ?

माथि नै भनिसकियो कि हामीले बुर्जुवा पुँजीवादी संसदीय व्यवस्थालाई फालेर नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्ने र वैज्ञानिक समाजवादमा पुग्ने उद्देश्य हासिल गर्न हतियार उठाएर जीवनमरणको लडाई लडेका थियौं । त्यत्रो बलिदान र सम्पत्तिको क्षति के यस्तै स्थितिका लागि थियो ? देशी विदेशी जनताका वर्ग वैरीका सामू आत्मसमर्पण गरेर जीवनको भिख माग्दै दलाल संसदीय व्यवस्थाको संकट गर्ने मनोगत धृष्टतामा माओवादी केन्द्र लागिरहेको छ । यो व्यवस्थाको चुनाव जुनसुकै तहको जतिसुकै पटक भएपनि यसले देश र जनताका समस्या कदापि समाधान गर्नै सक्दैन । त्यसैले म आमूल परिवर्तन गर्ने अठोट लिएको पार्टी नेकपामा धु्रवीकृत भएको छु । यो कथित चुनावी मञ्चनले मलाई सगौरव धु्रवीकरणमा सहभागी बन्ने एउटा अवसर प्रदान गरेको ठान्छु ।

»» नेकपा मै धु्रवीकरण गर्नुको कारण के हो ?

समकालीन देशको राजनैतिक रंगमञ्चमा नेकपा नै विचारधारात्मक र राजनैतिक रुपले सुस्पष्ट क्रान्तिकारी भएकोले नेपाली क्रान्तिको अत्यन्त कष्टसाध्य गम्भीर महान र निर्विकल्प कार्यभार पूरा गर्ने सकल्पशक्ति यसैमा देखिएकोले म यसै पार्टीमा ध्रुवीकृत हुने निणर्यमा पुगेको हुँ ।

»» माओवादी केन्द्रको कांग्रेससँग र एमालेको राप्रपासँग भएको अहिलेको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?

माओवादी केन्द्र र एमाले दुवै कम्युनिस्ट पार्टी नै होइनन्, उनीहरु सहोदर दुई भाई हुन् । एमाले र राप्रपाले राष्ट्रवादीको भ्रम दिने कोशिस गरेकाले उनीहरुको बीचमा तालमेल भएको होला । माओवादी केन्द्र र कांग्रेस सत्ताधारी भएकोले र उनका विदेशी प्रभु एउटै भएकाले उनीहरुका बीचमा तालमेल भएको होला । वास्तवमा यो सबै उनीहरुको भाषाको तालमेल होइन कि खिचडिको घालमेल भएको हो । यी सबै संसदवादी दलालहरु कुनै चरित्रहीन महिलाको गर्भबाट जन्मिएका वेश्याका सन्तान जस्तो हुन पुगेका छन् । यिनीहरुको गुटगत स्वार्थका लागि आपसी तालमेल जहाँ पनि जोसँग पनि हुने नै भयो । किनकि ती सबै प्रतिक्रियावादी यथास्थितिवादी नोकर हुन् । ती सह जातीय वा सहवर्गीय हुन् भन्ने कुरा यसै चुनावी तालमेलले सर्वसाधारणसमेत छर्लङ्ग भएका छन् । हाम्रा लागि भने त्यो कुनै अनौठो भएन । 

»» तपाईले आफनो विज्ञप्तीमार्फत माओवादी केन्द्रलाई विभिन्न खालका आरोप लगाउनुभएको छ, ती आरोप सही हुन् भन्ने कुरा कसरी पुष्टी गर्नुहुन्छ ?

पुष्टि मैले मात्रै गर्ने त होइन कि उनीहरु आफैले गरिरहेका छन् । माथिका चारवटै प्रश्नको जवाफले पनि त्यही पुष्टि गरेका छन् । मैले जे आरोप लगाएको छु ती कुनै गाली होइनन् र कुनै पूर्वाग्रहले पनि ती आरोप लगाइएको होइन । कुनै आवेगले पनि लगाएको होइन । मैले त जे भोगें जे देखें त्यो सरासर भनेको मात्र हो । उनीहरु जे हुन् त्यही मात्र भनेको हुँ । त्यो सही हो या होइन,

»» वर्तमान राजनैतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?

नेपालको वर्तमान राजनैतिक स्थिति अत्यन्तै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सर्वसाधारण जनताहरुको संसदीय राजनीतिप्रति घृणाभाव बढ्दै गएको पाइन्छ । संसदवादी राजनैतिक पार्टीहरुको साख गिर्दै गएको छ । राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका समस्याहरु झन् पछि झन् विकराल बन्दै गइरहेका छन् । देशको राष्ट्रिय स्वाधिनता भयंकर खतरामा परेको छ । भारतीय नवउपनिवेश लादिएको छ । उसकै निर्देशनमा नेपालका सबै संसदवादी पार्टीहरु चलिरहेका छन् । त्यसकारण जनक्रान्तिका लागि अनुकूल अवस्था बन्दै गएको छ । नेकपाले अब के गर्ला ? भन्ने जनताको जिज्ञासा र केही गरे हुन्थ्यो भन्ने अपेक्षा र भरोसा बढ्दै गएको पाइन्छ । मलाई लाग्दछ नेकपाको काँधमा गहन ढंगको युगीन जिम्मेवारी आउँदै गरेको छ ।

»» माकेभित्र तपाई जस्ता क्रान्तिकारीहरु छन् । उनीहरुलाई के भन्नुहुन्छ ?

त्यसपार्टीको एउटा तप्का लुट, घुस, भ्रष्टाचार, तस्करी र दलालीको चरम सिमामा पुगेर पूरै पतन भएता पनि बहुसंख्यक इमानदार र निष्ठावान कमरेडहरुको बाँच्ने आधार अत्यन्तै कमजोर बनेको छ । जसको फलस्वरुप उनीहरु उराठ र उदास लाग्दो जीवन जिउन विवस छन् । उनीहरुले आफ्नो गुजाराको लागि कित तिनै पतित नेताहरुको चाकडि गर्नुपर्ने छ आफ्नो स्वाभिमानलाई दाउमा राखेर कित त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने छ । कतिपयले तत्काल कुनै विकल्प देखिरहेका छैनन् । कतिपयले विकल्प खोज्दैछन् । यहाँबाट हामीले उत्तम विकल्प दिन सकेका दिन त्यो सुन्निएर मोटो जस्तो देखिएको लुटेराहरुको प्रा.लि.मा पहिरो जान शुरु गर्ने निश्चित नै छ । देश र जनताको भाग्य र भविष्य खतरामा पर्न नदिन र त्यसलाई बदल्ने संकल्पसहितको आधारभूत रुपरेखा हामीले दिनुछ । अनि त्यो माके नामको पाखण्डी गिरोहको दुर्दशा के हुन्छ ? समयले शानदार ढंगले देखाइ दिनेछ । त्यसकारण म त्यहाँका क्रान्तिकारी मित्रहरुलाई गम्भीर ढंगले आत्मसमीक्षा गर्दै क्रान्तिकारी धारमा लामबद्ध हुन विशेष आग्रह गर्न चाहन्छु । मालोमावाद रोज्ने कि संशोधनवाद ? परिर्वतन रोज्ने कि यथास्थिति ? स्वाभिमान रोज्ने कि दासता ? आज यिनै प्रश्नहरु प्रखर रुपले अगाडि आएका छन् । त्यहाँभित्र रहेका इमान्दार क्रान्तिकारीहरुले निष्कर्षमा पुग्नु नै पर्नेछ । समयमै विचार गरेर अगाडि बढ्दा उहाँहरुको भलो हुनेछ ।

»» रातो खबर साप्ताहिक मार्फत केही भन्नु छ कि ?

यस पत्रिकाले देशको स्वाधिनता, समुन्नती र मुक्ति जनताको शान्ति समृद्धि, स्वन्त्रता र समानता प्राप्तीका लागि एउटा शसक्त र धारिलो वैचारिक अस्त्रको भण्डारगृहको रुपमा आफनो ऐतिहासिक जिम्मेवारी पूरा गर्न संकल्प गर्दै शहरका गल्ली गल्ली र जनताका झुपडी झुपडीसम्म चेतनाको उज्यालो चमक प्रदान गरिनै रहोस् । राष्ट्रघाती दलालहरु र जनविरोधी गद्दारहरुको तिव्र भण्डाफोर गरिनै रहोस् । यस अर्थमा म यस पत्रिकाको सफलताको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :