क्रान्तिकारी (माओवादी)का नेता सिपी गजुरेल सहित दुई दर्जन बढि पक्राउ


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी)का नेता सिपी गजुरेल ‘गौरव’लाई प्ररहीले पक्राउ गरेको छ । काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गर्न लागेकोबेला प्रहरीले हस्तक्षेप गरी उनलाई पक्राउ गरेको हो । गजुलेल सँगै क्रान्तिकारी(माओवादी)का अर्का नेता सुरेश श्रेष्ठसहित करिब दुई दर्जन भन्दा बढि नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेको बेला दुई देशबीच भएका सन्धी सम्झौताहरु राष्ट्रघाती भएको, नेपालमा कुटनीटिक मर्यादा विपरित राजनैतिक र सैनिक चलखेल भएको भन्दै विरोध प्रदर्शन गर्न लाग्दा गजुरेललाई प्रहरीले फक्राउ गरेको हो । क्रान्तिकारी (माओवादी)को पूर्व घोषित कार्यक्रम अनुसार आज अर्थात शनिबार देशैभरी मोदीको भ्रमण र राष्ट्रघाती सन्धि सम्झौताको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो । साथै देशका मुख्य–मुख्य शहरहरुमा राष्ट्रघातका बिषयमा अन्तरक्रिया कार्यक्रमहरु र विरोध प्रदर्शन भइरहेका छन् । शुक्रबार मात्र सो पार्टीले काठमाडौंमा कालो झण्डा बाँधिएका बेलुन बिभिन्न ठाउको आकासमा उडाएको थियो । सरकारले भारतीय प्रधानमन्त्रीलाई टुडिखेलमा सम्मान गरिरहदा टुडिखेल वरपरभने भारतीय विस्तारवाद मुर्दावाद, भरतीय हस्तक्षेप बन्द गर, राष्ट्रघाती सन्धी खारेज गर लेखिएका कालो झण्डा बेलुनसँगै आकासमा उडाइएको थियो ।

मिति २०७५ बैशाख २९ गते शनिबार दिउसो २ ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :